आजभोली कपाल कलर गर्नु सामान्य कुरा हो | किनभने आजकाल कपाल कलर गर्नु फेशन बनेको छ | प्राय: मानिस कपाल सेतो भएको कारणले कपाल कलर गर्ने गर्छन् भने कतिपय मानिस आफ्नो सोखले गर्दा कलर गर्छन् | तर के तपाईंलाई थाहा छ कि यसो गर्नाले विभिन्न थरिका समस्याको सामना गर्नुपर्छ |

छालाको समस्या

कपालमा कलर गर्दा धेरै प्रकारका केमिकल प्रयोग गरिन्छ, जुन केमिकल छालाको लागि निकै हानिकारक हुन्छ | यदि गल्तीले पनि ती केमिकल छालामा पर्यो भने छालामा गम्भीर समस्या देखा पर्न सक्छ | त्यसैले, सधैं यो कुरा ध्यानमा राख्नुहोस् कि कपालमा कलर गर्नु अघि सधैं हातमा पन्जा लगाउनुहोस् ताकि रंग अनुहारको छालामा नपरोस्।
आँखामा देखा पर्न सक्छ समस्या

कपालमा कलर गर्नु आँखाको लागि धेरै हानिकारक हुन सक्छ। यदि हल्का रंग पनि आँखामा गयो भने आँखा जल्ने, पानी आउने र अन्य संक्रमण हुने सम्भावना रहन्छ। यो मात्र होईन, कलर आँखामा पर्यो भने अन्धोपनको उच्च जोखिम हुन्छ।
सास फेर्न हुन सक्छ समस्या

कपाल डाइ गर्नु धेरै हानिकारक हुन्छ। यसमा पर्सुल्फेट हुन्छ जसको कारण सास फेर्न समस्या हुन सक्छ।
एलेर्जी

कपाल डाइ गराउनाने एलर्जी पनि हुन सक्छ। यस्तो अवस्थामा, यदि प्याच परीक्षण गरिएको छैन भने, यसले छालालाई धेरै तरिकाले असर गर्न सक्छ। यसले तपाईंको शरीरमा चिलाउने समस्या देखा पर्न सक्छ।
क्यान्सरको खतरा

धेरै व्यक्ति सेतो कपाल लुकाउन आफ्नो कपालमा रंग प्रयोग गर्छन्। तर यो रंग स्वास्थ्य को लागी राम्रो हुँदैन। अध्ययनका अनुसार कपाल कलर गर्नु खतरनाक हुन सक्छ। त्सयमा रहेको रसायनले गर्दा क्यान्सर हुने डर पनि हुन्छ।

