कुन समय दही खानु राम्रो ? दही बारे जान्नुहोस् सम्पूर्ण जानकारी !

खानाको साथ दही खान प्राय: मानिसलाई मन पर्छ | दही खानाले पाचन प्रणाली मजबूत हुन्छ र छाला चमकदार रहन्छ | दहीमा भरपूर मात्रामा क्याल्सियम, प्रोटिन, भिटामिन पाईन्छ | यसै कारणले गर्दा दही खानु निकै फाइदाजनक मानिन्छ | तर केहि मानिसलाई दही खानुको सहि तरिका र सहि समय बारे थाहा हुन्न | जस्तै, दहीमा नून, मसला, चिनी मिलाएर खानु, तर के यसो गर्नु सही हो त ?

नून मिलाएर खानु हुँदैन 

दही एक प्रकारको आयुर्वेदिक औषधि हो, जसमा हामीले नून मिसाएर खानु हुँदैन। नून मिलाएको दहीले विषको रूपमा काम गर्दछ, किनभने दहीमा नून थपेमा यसले दहीमा रहेको फाइदाजनक ब्याक्टेरिया मार्दछ र यो लाभदायक हुँदैन।

मिश्री र दही खानु हुन्छ फाइदाजनक 

दहीमा मिश्री मिलाएर खानु निकै लाभदायक हुन्छ | आयुर्वेदमा पनि भनिएको छ कि दहि-मिश्री मिलाएर खाँदा शरीरमा रोग प्रतोरोधात्मक क्षमता बढ्छ | कृष्ण जन्माष्टमीमा पनि भगवान कृष्णलाई दही-मिश्री अर्पण गरिन्छ | प्राचिन कालमा दहीसँग सखर पनि मिलाएर सेवन गरिन्थ्यो |

गुलियो मिलाएर खाँदा बढ्छ ब्याक्टेरिया 

दहीमा धेरै प्रकारका फाइदाजनक ब्याक्टेरिया हुन्छ | यी ब्याक्टेरिया शरीरमा प्रवेश गरेर इन्जायिम प्रकिया नियन्त्रण गर्छ जसले खाना छिटो पच्न मद्दत गर्छ र अरु प्रकारको पेटको समस्या पनि समाधान गर्छ | यस्तोमा, दहीमा गुलियो मिलाउँदा ब्याक्टेरियाको संख्या बढ्छ, जसले गर्दा दही अझ धेरै फाइदाजनक हुन्छ |

कुन समयमा दही खानु हुन्छ र कुन समयमा हुँदैन 

गर्मीको समयमा हुने पसिनाको दुर्गन्धको समस्या हटाउन दही खानु सबैभन्दा राम्रो घरेलु उपाय हो | गर्मीमा दही खानु यो कारणले पनि स्वस्थ हुन्छ किनकि यो चिसो हुन्छ | यदि तपाईंलाई रुघा, खोकि तथा ज्वरो छ भने भुलेर पनि दहीको सेवन गर्नु हुँदैन | आयुर्वेदको अनुसार रातिको समय दही सेवन गर्नु हुँदैन |

दही खानुको फाइदा 

रोग प्रतिरोधात्मक क्षमता 

प्रत्यक दिन एक चम्चा मात्र दही सेवन गर्नाले पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ | यसमा रहेको फाइदाजनक ब्याक्टेरिया रोग प्रतिरोधी प्रणाली मजबूत बनाउँछ |

दाँतको लागि फाइदाजनक 

दही दाँतको लागि पनि निकै लाभदायक हुन्छ | यसमा भरपूर मात्रामा क्यन्सियम र फोस्फोरस हुन्छ | जसले दाँतको साथ साथ हड्डी पनि मजबूत बनाउँन मद्दत गर्छ |

वजन नियन्त्रणमा मद्दतगार 

दहीमा हुने क्यन्सियमले वजन बढ्नबाट रोक्छ र पेट फुल्ने समस्या पनि हट्छ |

प्रकाशित : बिहिबार, असार २५, २०७७१२:२६

माइग्रेन होस् अथवा महिनावारीको पिडा, यस्तो आइस थेरेपीले दिलाउँछ आराम !