काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजि श्रेष्ठले भारतीय गुप्तचरहरुलाई नभेटेको दाबि गरेका छन्।
भारतीय संचार माध्यमहरुमा श्रेष्ठ सहित नेकपाका अन्य नेताहरुले भारतीय गुप्तचर पदाधिकारीहरुलाई भेटेको समाचार आएपछि श्रेष्ठले एक ट्वीट गर्दै यस्तो दाबि गरेका हुन्।
केही दिनयता भारतीय गुप्चर निकाय आईबी र रअका प्रमुखहरु नेपालमै बसेर सरकार ढाल्न सक्रिय रहेको विवरणहरु सार्वजनिक भइरहेका भइरहेका छन्। भारतीय गुप्चर निकाय आईबी र रअका प्रमुख सरकार ढाल्नको लागि नेपाल आएको बताइन्छ। भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएनआएको सरकारले स्पष्ट पार्न सक्ने श्रेष्ठको भनाई छ।
“‘भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएर म लगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उनीहरु आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला। तर म सँग भेटेको भन्ने पुरै झुठ हो। खबरदार!”,ट्वीटरमा उनले लेखेका छन्।
भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएको र म लगाएत हाम्रो पार्टी र अन्य पार्टीका बिभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मेडियाले प्रचार गरेको समाचारप्रति मेरो गँभीर ध्यानाकर्षण भएको छ।आए,नआएको सरकारले स्पष्ट पार्न सक्ला।तर म सगँ भेटेको भन्ने पुरै झुठ हो।खवरदार!
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020