अहिलेको समयामा वायु प्रदुषण लगायत अरु प्रकारका प्रदुषण निकै बढेको छ, जसले गर्दा हाम्रो स्वास्थमा निकै असर गर्छ। यस्ता प्रदुषणले बच्चा देखि लिएर बुढाहरु सम्म सबैलाई हानी गर्छ। त्यसैले,आजभोली मानिसहरु मास्कको प्रयोग धेरै गर्न थालेका छन् र आफ्नो खानपिनमा पनि निकै ध्यान पुर्याउँन थालेका छन्। यस्तोमा त्यस्ता बोटबिरुवाहरूको माग पनि बढेको छ, जुन बढ्दो प्रदूषण रोक्न प्रभावकारी साबित हुन्छन्। यी बोटहरूले हावा शुद्ध पर्न मद्दत गर्छन्।
घिउकुमारी
घिउकुमरीको बिरुवा धेरै फाइदाजनक र लाभदायक हुन्छ। फर्मल्डिहाइड जस्ता हानिकारक ग्याँसहरूबाट घिउकुमारीले जोगाउँछ। यसले द्रुत गतिमा सूर्यको किरणहरुको शोषण गर्छ।
एरिका पाम
एरेका पामलाई लिभिङ रुम प्लान्ट पनि भनिन्छ। यसले फर्मल्डिहाइड, कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइड जस्ता विषालु ग्याँसहरू हावाबाट हटाउँछ र शुद्ध अक्सिजन प्रदान गर्छ। एरिका पमका बिरुवाहरु कोठा को हावा शुद्ध गर्न कोठा मा राखिन्छ।
मनी प्लान्ट
धेरै व्यक्तिहरू घरहरूमा मनी प्लान्ट रोप्छन्। मनी प्लान्टले हावालाई शुद्ध पार्छ। यो छिटै र सजीलै बढ्छ। साथै, मनी प्लान्टले घरमा अक्सिजनको मात्रा बढाउँन पनि सहयोग गर्छ।
गेरबेरा डेजी
गेरबेरा डेजी फूलहरू चम्किला हुन्छन् र यिनीहरुले हावा शुद्ध गर्छन्। यसले घरमा रहेका धेरै प्रकारका रासायनिक तत्त्वहरू हटायउँछ। यो फूल बेडरूममा पनि राख्न सकिन्छ।
गोदावरी फूल
यसले हावालाई शुद्धिकरण गर्छ र सौन्दर्यको लागि पनि राम्रो मानिन्छ। यसका धेरै रंगहरू हुन्छन् जसले एक आकर्षक सुगन्ध दिन्छ। यस बोटलाई जडिबुटीका लागि सदाबहार विरुवा पनि भनिन्छ।