भारतमा बढ्दै कोरोना, रोकिने अवस्था देखिएन !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको छ। बितेको २४ घण्टामा त्यहाँ अहिले सम्मकै बढी कोरोना भाइरस संक्रमित भेटिएका छन्।

बताइएअनुसार, बितेको २४ घण्टामा त्यहाँ २५ हजार ७ सय ९० संक्रमित थपिएका छन। जससँगै भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८ सय ४२ पुगेको छ।

भारतमा कोरोनाक कारण ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बितेको २४ घण्टामा त्यहाँ ४ सय ७९ जनाले ज्यान गुमाएका छन्। जससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार ६ सय २३ पुगेको छ।

भारतमा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या भने उच्च देखिएको छ। अहिले सम्म त्यहाँ ४लख् ९५ हजार ९ सय ६० कोरोना संक्रमित निको भैरहेका छन्। त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ७७ हजार २ सय ५९ छ।

विश्वभर कोरोना

यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २३ लाख ७८ हजार ५ सय ५४ पुगेको छ। जस मध्ये २ लाख २२ हजार ८ सय २५ बितेको २४ घण्टामा भेटिएका हुन्।

बितेको २४ घण्टामा विश्वभर ५ हजार ४ सय ४ जनाको ज्यान गएको छ। यससँगै विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ६ सय १ पुगेको छ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७०३:३०

भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा