फेरी पक्राउ परे आफूलाई ज्योतिष बताउने अर्जुन क्षत्री

काठमाडौँ – आफूलाई ‘ज्योतिष’ बताउने अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । बिहिबार उनी सहित ३ जना काठमाडौँबाट पक्राउ परेका हुन्। उनी सहित ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो ।

सांकेतिक तस्विर

बताइएअनुसार, उनले आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गरेका थिए। आफूहरु अख्तियारबाट रहेको बताउँदै उनी सहितको टोलिले धेरैलाई ठगिसकेको खुलेको बताइएको छ।

पछिल्लो पटक उनको टोलिले नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै चार करोड मागेको थियो। तर, बार्गेनिङ गर्ने क्रममा ५० लाखमा कुरा मिलेपछि उक्त रकम लिन जाँदा उनीहरु अख्तियारको फेला परे।

सामाजिक संजालमा आफूलाई ज्योतिष तथा फेसरिडर बताउँदै आएका उनी यस अगाडी पनि पक्राउ परेका थिए। नेपालमा भूकम्प आउने भन्दै भ्रम फैलाएर त्रास शिर्जना गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

प्रकाशित : शुक्रबार, असार २६, २०७७०३:५९

पहिरोले घर पुर्दा आमा छोराको मृत्यु, बुवा घाइते !