माइग्रेन होस् अथवा महिनावारीको पिडा, यस्तो आइस थेरेपीले दिलाउँछ आराम !

आजभोलीको भागदौडको समयमा शरीर दर्दको समस्या सामान्य कुरा भएको छ | यस बाहेक, अर्थराइटिस वा गठिया पनि  एक सामान्य समस्या भएको छ। यी आन्तरिक रोगका लक्षणहरू पनि हुन सक्छन् , जबकि प्राय: जसो यी समस्याहरू  शरीरको गलत आसनका कारण हुन्छन्। यसले शारीरिक समस्याका साथै मानसिक तनाब पनि निम्त्याउछ |

यस्तोमा प्राय: मानिस पेन किलर प्रयोग गर्ने गर्छन्, दुखाई कम गर्नको लागि | तर, लगातार यसो गर्दा शरीरमा नकारात्मक असर पुग्न जान्छ, खासगरी हड्डी र कलेजोमा | शरीर दर्द कम गर्न व्यायाम गर्नु निकै फाइदाजनक हुन्छ | यस्तोमा, ‘चाइनिज आइस उपचार’ विधि हड्डी सम्बन्धि र शरीर दर्दको समस्याको समाधान हुन सक्छ |

यो थेरापी चिनियाँ एक्यूपंक्चर विधि हो जसलाई ‘फेंग फू’ भनेर पनि  चिनिन्छ। यो एक यस्तो विधि हो जसमा बरफ गर्दनको एक विशेष भागमा राखिन्छ। यो थेरापीले  दुखाइ कम गर्नुको साथै  शरीरको थकान पनि कम गर्छ । यसले शरीरलाई अझ बढि उर्जावान पनि बनाउँछ |

तरिका 

यसको लागि एक कपडामा केहि बरफको टुक्रा राख्नुहोस् | त्यसपछि पेटको बल सुत्नुहोस् र आफ्नो पछाडिको भागमा बरफ राखेको कपडा  २० मिनेटसम्म राख्नुहोस् | २० मिनेटपछि बरफ हटाउनुहोस् | त्यसपछि उठेर केहि समय हिड्नुहोस् | यो प्रक्रिया दिनमा २ पटक गर्न सकिन्छ |

फाइदा

नियमित रूपमा यो थेरापी गर्नाले शरीरको थकान हटाउँछ | शरीर उर्जावान हुनेछ | यसको अलावा यसले अरु थुप्रै समस्याको निदान गर्छ | घाँटी वा हड्डीको जोड दुखाइमा पनि यो धेरै लाभदायक हुन्छ।  यस थेरापीले टाउको दुख्ने, माइग्रेन दुखाइमा पनि राहत प्रदान गर्दछ।

महिलाहरुमा महिनावारीको समयमा  पेट दुखाइको समस्या सामान्य हो, यो एक यस्तो उपचार हो जसमा बिना औषधीको प्रयोग दुखाईबाट चाँडै छुटकारा पाउन सकिन्छ। अनियमित जीवनशैली जस्तै निद्रा नलाग्ने  जस्ता समस्याहरू हटाउन पनि धेरै प्रभावकारी हुन्छ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७१४:१३

टिमुर खाँदा फाइदै-फाइदा ,बचाउँछ यी ६ रोगहरुबाट !