‘भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा धेरै-धेरै धन्यवाद’

काठमाडौँ – नेपाल र नेपालका प्रधानमन्त्रीका बारे अनर्गल प्रचार गर्ने भारतीय न्युज टेलिभजनको प्रशारण रोकेको प्रति सरकारले विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको हो।

‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’,विज्ञप्ति जारी गर्दै सञ्चार मन्त्रालयले भनेको छ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

“आगामी दिनमा समेत सरोकारवालाहरुबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्ने/ गराउने सन्दर्भमा निरन्तर सहयोग प्राप्त हुनेमा मन्त्रालय विश्वास व्यक्त गर्दछ।”,विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

प्रकाशित : शुक्रबार, असार २६, २०७७१४:०४

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य !