काठमाडौ । हामीलाई चिनाउने मुख्य आधार भनेको गुन्द्रुक र ढिडों नै हो । यो भन्यो यतिखेर हरेकको मुखबाट पानी आउन सुरु हुन्छ । विशेष गरी यसको प्रचलन गाउँमा मात्र नभएर पछिल्लो समय सहरको धनीहरुमा पनि चढेको छ । यसको मुख्यकारण यसले शरिरमा दिने फाइदाको कारण यस्तो भएको हो । तर गाउमा भने यसलाई छाक टार्ने मेलको रुपमा मात्र लिन्छन् । किनभने यसको फाइदा कसैलाई पनि थाहा छैन् । गुन्द्रुकमा मुख्यतया ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । भने यसका अझै धेरै फाइदाहरु पनि रहेका छन् हेरौ ,
-यो खानुको पहिलो फाइदा हो ,यो आँखाको भिजनका लागि अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।
-त्यसैगरी दोस्रो फाइदा हो ,गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सको सम्भावनालाईसमेत दुर गर्ने काम गर्छ ।
-त्यसैगरी तेस्रो फाइदा हो ,ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा र्पुयाउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।
-त्यस्तै चौथोमा यसले स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ । किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग र्पुयाउँछ ।
-त्यसैगरी पाचौ फाइदा हो , अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ । साथै शरीरका हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा हुनछ ।
-र अन्तिम फाइदा हो ,यसले कोल्ड लुबाट बचाउनको लागि महत्वपूर्ण भूमिका खेल्छ । जसका कारण हिमाल जाने मान्छेले गुन्द्रुक बोकेको हुन्छ ।
अब यति धेरै फाइदै फाइदा भएको गुन्द्रुक कसरी बनाउने त ? जसका लागी यसो गर्नुहोस्
सुरुवातमा गुन्द्रुक तयार पार्दा पहिला रायो, तोरी, मुला या काउलीको सागलाई हल्का घाममा सुकाउनुपर्छ ।त्यसपछि काठ, धुङगा या फलामको ओखलमा कुटेर कुनै डिब्बा या पलास्टिकमा खाँदेर हावा नछिर्ने गरी बन्द गर्नुहोस् । र त्यहाबाट निकालेर घाम लाग्ने ठाउँमा सुकाएर राख्नुहोस् ।
त्यसपछि विहानको समय दैनिक रुपमा मनतातो अर्थात ३० डिग्री तापक्रमको पानी त्यसमाथि हाल्नुपर्छ र फेरि छोपेर राख्ने गर्नुपर्छ । यसरी नै १० देखी १२ दिनसम्ममा साग बिस्तारै अमिलो हुँदै जाने गर्छ । त्यसपछि फेरि डिब्बा वा प्लास्टिकलाई खोलेर केही दिन घाममा सुकाउनुपर्छ । घाममा सुकेर झुरुम झुरुम भएपछि गुन्द्रुक तयार हुन्छ । यसरी तयार भएको गुन्द्रुकलाई तपाईले लामो समयसम्म पनि खान सक्नुहुन्छ ।
विशेष गरी विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्ज्लिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो ।