सावधान : खोकी लाग्दा झुक्किएर पनि यस्ता खानेकुरा नखानुहोस् |

खोकीले प्राय सबैलाई सताउने गर्छ । खोकी जुनसुकै शिजनमा पनि लाग्छ । गर्मी र जाडो दुबै मौसममा खोकी लाग्ने गरेको हुन्छ ।

खोकी कुनै एउटा कारणले मात्रै लागेको भन्न सकिँदैन् । खोकी लाग्ने बिभिन्न कारणहरु रहेका हुन्छन् ।

खोकी सामान्य समस्यामा पनि लाग्ने गर्छ भने गम्भिर रोगको लक्षणको रुपमा पनि देखिन सक्छ ।

तपाईलाई लागेको खोकी केही दिनमा निको नभएमा स्वास्थ्यकर्मीलाई भन्नु पर्ने हुन्छ । तर सामान्यतया खोकी लागेको अवस्थामा हामीले केही खानेकुराहरुमा ख्याल पु¥याउने हो भने निको भएर जान सक्छ । हामीले खोकी लागेको अवस्थामा खान नहुने केही खानेकुराहरु बारे उल्लेख गरेका छौँ ।

१. कफी तथा चिया
खोकी लाग्दा कफी र दुधको चिया खानु हुँदैन । यसले घाटीलाई सुख्खा बनाउने र केही चिज निल्दा समेत अप्ठेरो हुन्छ ।

२. जंक फुड
खोकी लागेको बेला जंक फुडहरु नखानु राम्रो हुन्छ । यस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनुका साथैैै शरीरको रक्षात्मक कार्यलाई घटाउँछ ।

३. तारिएका खानेकुरा
खोकी लाग्दा तारिएका खानेकुरा खाँदा झन खोकी लाग्छ । तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रीय पार्छ ।

४. चिसो पदार्थ
आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ । खाकेी लागेको छ भने झन मलजल गरे जस्तै हुन्छ ।

५. मदिरा
मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गराउँछ ।

घरेलु उपचारको रुपमा के खाने त ?

१. मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ ।

२. सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।

३. सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७१५:३१

कपाल फुलेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस यस्ता उपायहरु