कपाल फुलेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस यस्ता उपायहरु

उमेर बढ्दै जाँदा मानिसको कपाल फुल्ने गर्छ । कपाल फुलेको कारण मानिसहरु बुढो देखिने गर्छन् । केहि मानिसमा कपाल छिट्टै फुल्ने गर्छ । यसले गर्दा उनीहरु निकै चिन्तित हुने गर्छन् । कपाल विभिन्न कारणले गर्दा फुल्ने गर्छ । कसैमा यो वंशाणुगत हुने गर्छ । विभिन्न खालका कपाल कालो बनाउने किमहरु लगाए पनि फेरि कपाल फुली हाल्ने हुँदा यसले मानिसलाई समस्या दिने काम गर्छ । हामी घरेलु उपायको माध्यमबाट यस समस्याबाट मुक्त हुन सक्छौं ।

कपाल कालो बनाउने केहि उपायहरु यस्ता छन् :

१) अमलाको कमाल : सानो देखिने अमला हाम्रो स्वास्थ्यका लागि फाइदाजनक त छ नै यसको नियमित उपयोगले सेतो भएको कपाललाई कालो पनि बनाउन सकिन्छ । यदि तपाईंले महेन्दीमा अमला मिलाएर लगाउनुभयो भने यसले सेतो कपाललाई प्राकृतिक रुपमै कालो बनाउँछ । काचो अमलालाई मसिनो गरी काटेर नरिवलको तेलमा मिलाएर पनि कपालमा लगाउन सक्नुहुन्छ ।

२) मरिचको प्रयोग : कालो मरिचलाई हामीले खानाको स्वाद बढाउन प्रयोग गर्छौं । तर तपाईंलाई थाहा छ कि छैन यसले सेतो भएको कपाललाई कालो पनि बनाउँछ भनेर । कालो मरिचलाई पानीमा उमाल्नुहोस् । टाउको राम्रोसँग धोएपछि उक्त पानीलाई कपालमा लगाउनुहोस् । लामोसमयसम्म यस्तो गर्नाले तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ ।

३) कफि र कालो चिया : यदि तपाईं सेतो हुँदै गएको आफ्नो कपालका कारण समस्यामा हुनुहुन्छ भने कालो चियाको प्रयोगले त्यो समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ । यदि तपाईंले दैनिकजसो कालो चिया र कफिबाट बनेको घोलले आफ्नो कपाल धुने गर्नुभयो भने सेतो भएको तपाईंको कपाल प्राकृतिक रुपमै कालो हुँदै जाने छ ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७१५:३४

फाटेको दुधको पानीको प्रयोग गर्नुहोस्, यस्ता रोगबाट छुटकारा पाउनुहोस् !