काठमाडौँ: – नवग्रहमा शनिलाई महाराज न्यायाधिश मान्न सकिन्छ । साथै शनिलाइ क्रुर ग्रहमध्ये उच्च मान्न सकिन्छ । किनकी जब यो ग्रहको कसै माथि वक्रदृष्टि पर्न जान्छ तब जीवनबाट सबै सुखहरु आफै कोसौँ टाढा हुन्छन् ।
ज्योतिषशास्त्रमा यस विषयमा प्रष्टसँग बयान गरिएको छ कि शनि देव सधै घरबाट टाढा रहेकै राम्रो यदि घर भित्र शनिदेवको प्रवेश भयो भने घरका सबै सुख घरबाट धेरै टाढा लाग्छन् भन्ने विश्वास गरिन्छ । यसैले शनिबारको दिन शनिसँग सम्बन्धित चिजहरु घर प्रवेश गराउनु उचित हुदैन ।
१. फलाम तथा फलामबाट बनेका वस्तु:
ज्योतिष शास्त्रका अनुसार धातु अर्थात फलामलाई शनिको वस्तु मान्दै आईएको छ । यसैले शनिबारको दिन फलाम वा फलामवाट बनेका वस्तुहरु घरमा लैजानु हुदैन । शनिबारको दिन फलाम तथा फलामबाट बनेका वस्तुहरु को दान गर्ने प्रचलन रहंदै आएको छ ।
२. कालो तिल
कालो तिल शनिबारको दिन दान गर्ने प्रचलन रहिआएको पाइन्छ । शनि शान्तिका लागि यसलाई खाने पनि गरिन्छ । तर शनिबारको दिन कालो तिल घरमा लैजानु शनि लाई निम्नो दिनु जस्तै मानिन्छ ।
३. तेल
तेललाई पनि शनि कै वस्तु मानिएको छ । यसैले शनिबारको दिन तेल पनि घरमा ल्याउनु उचित हुदैन । भारत लगायत अन्य देशहरुमा आइतवार बिदा दिने प्रचलन सायद यसैकारण गरिएको पाइन्छ ताकि सार्वजनिक बिदाका दिन मानिसहरु यस्ता पदार्थहरुको खरिद गर्दछन् ।
४. रंग रोगन
रंग रोगन पनि शनिकै वस्तु भएकाले यस्ता चिजहरु शनिबारको दिन घरमा ल्याउनु उचित हुदैन । विशेष गरि निलो र कालो रंग ल्याउनु उचित हुदैन ।
५. ज्वलनशील पदार्थ
शनिबारको दिन ज्वलनशील पदार्थ जस्तै मट्टीतेल, डिजेल, पेट्रोल तथा ग्यास घरमा ल्याउनु ज्योतिष शास्त्र अनुसार शनिदेवलाई निम्त्याउनु जस्तै मानिन्छ ।
६. कुचो
शनिबारको दिन कुचो तथा पोछा जस्ता वस्तुहरु घर प्रवेश गराउनु उचित हुदैन । यसले आर्थिक रुपमा अत्यन्तै ठुलो बाधा निमत्याउदछ भन्ने विश्वास रहेको पाईन्छ ।
७. कालोनुन
कालो नुन पनि शनिबारको दिन घरभित्र प्रवेश गराउनु उचित हुदैन, कालो नुन मात्र होइन कालो रंगका कुनै पनि वस्तु लिएर शनिबारको दिन घर प्रवेश नगर्नु भन्ने ज्योतिष शास्त्रमा लेखिएको छ ।
८. काला कपडा तथा कम्बल
काला कपडा तथा कम्बल जस्ता चिजहरु शनिबारको दिन घर प्रवेश गराउनु उचित हुदैन । यस्ता चिजहरु शनिवारको दिन दान गर्न उचित हुन्छ । शनिवारको दिन यस्ता चिजहरु लिएर घर प्रवेश गर्दा शनि को प्रभाव बढ्ने विश्वास गरिन्छ ।
९. कैची तथा चक्कु
शनिबारको दिन कैची, सुई तथा चक्कु खरिद गर्नु अशुभ मानिएको छ । यी चीहरु मात्र होइन फलामबाट बनेका कुनै पनि वस्तु शनिबारको दिन खरिद नगर्नुहोला । शनिको प्रभावले यस्ता चिजहरु खरिद गरेमा नाता सम्बन्धहरु म समस्या बढ्दछ ।