भारतमा ह्वातै बढे कोरोना संक्रमित, बितेको २४ घण्टामा अहिले सम्मकै बढी कोरोना संक्रमित भेटिए !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि भएको छ। बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार त्यहाँ एकै दिन २७ हजार ७ सय ६१ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन्। यो संख्या अहिले सम्मकै उच्च हो।भारतमा शनिबार बिहान सम्म कोरोना भाइरस संक्रमितको संख्या ८ लाख २२ हजार ६ सय ३ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ। शुक्रबार त्यहाँ ५ सय २१ जनाले ज्यान गुमाएका छन्। जससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ हजार १ सय ४४ पुगेको छ।

भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेपनि कोरोना निको हुनेको उच्च छ। त्यहाँ सक्रिय संक्रमित भन्दा बढी निको भएका संक्रमित धेरै छन्। भारतमा अहिले सम्म कुल संक्रमित मध्य ५ लाख १६ हजार २ सय ६ जना कोरोना संक्रमित निको भइसकेका छन्। जबकी संक्रमित संक्रमित संख्या २ लाख ८४ हजार २ सय ५३ छन्। सक्रिय संक्रमित मध्ये करिब ९ हजारको अवस्था गम्भीर छ।

विश्वभर कोरोना

शनिबार बिहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या १ कति २६ लाख १६ हजार ५ सय ७९ पुगेको छ। जस मध्ये २ लाख ३६ हजार ९ सय १८ बितेको २४ घण्टामा थपिएका हुन्।

यस्तै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ५ लाख ६२ हजार ३९ पुगेको छ। जस मध्ये ५ हजार ४ सय १६ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका हुन्।

विश्वका ७३ लाख २७ हजार ३ सय ६० जना संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमित संख्या ४७ लाख भन्दा बढी छ।

प्रकाशित : शनिबार, असार २७, २०७७०२:४३

कोरोनाको आशङ्का भएपछि १४९ जनालाई खरिपाटी क्वारेन्टिन पुर्याइए !