अमेरिकामा कोरोनाको दोस्रो लहर: एकै दिन भेटिए ७० हजार भन्दा बढी कोरोना संक्रमित !

एजेन्सी – अमेरिकामा अहिले सम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा त्यहाँ अहिले सम्मकै बढी ७१ हजार ७ सय ८७ कोरोना संक्रमित थपिएका छन्। यो संख्या विश्वका कुनै पनि मुलुकमा एकै दिन भेटिएको सबै भन्दा उच्च कोरोना संक्रमित संख्या हो।यो समाचार तयार पार्दा सम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय ८६ पुगेको छ।

यस्तै बितेको २४ घण्टा अमेरिकामा ८ सय ४९ कोरोना संक्रमितको ज्यान गएको छ। जससँगै त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३६ हजार ६ सय ७१ पुगेको छ।

केहि समय कोरोना संक्रमितको संख्यामा कमी आएपछि अमेरिकामा पछिल्लो केहि साता देखि संक्रमित संख्या लगातार बढिरहेको छ। बिगत ५ दिन देखि अमेरिकामा ५० हजार भन्दा बढी कोरोना संक्रमित फेला परिरहेका छन्।

विश्वभर कोरोना

शनिबार बिहान सम्म विश्वभर कोरोना संक्रमितको संख्या १ कति २६ लाख १६ हजार ५ सय ७९ पुगेको छ। जस मध्ये २ लाख ३६ हजार ९ सय १८ बितेको २४ घण्टामा थपिएका हुन्।

यस्तै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि ५ लाख ६२ हजार ३९ पुगेको छ। जस मध्ये ५ हजार ४ सय १६ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका हुन्।

विश्वका ७३ लाख २७ हजार ३ सय ६० जना संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमित संख्या ४७ लाख भन्दा बढी छ।

प्रकाशित : शनिबार, असार २७, २०७७०३:३२

रुद्रमतीमा फोहर फाल्नेबाट रु २३ हजार जरिवाना उठाइयो !