फाटेको दुध हामी प्राय: फाल्ने गर्छौं। हामी दुधबाट पनीर त बनाउँछौं, तर बाँकी पानी फ्याँक्छौं। तर के तपाइँलाई थाहा छ कि फाटेको दुधको पानीमा धेरै प्रोटिन हुन्छ जुन हाम्रो शरीरको लागि धेरै फाइदाजनक हुन्छ | त्यसैले फाटेको दुधको पानी कुनै पनि हालतमा फाल्ने गल्ती नगर्नुहोस्, यो धेरै तरिकामा प्रयोग हुन्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
फाटेको दुधको पानीमा प्रोटिन भरपूर मात्रामा हुन्छ। यसले हाम्रो मांसपेशीलाई मजबूत बनाउँछ। यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले हाम्रो शरीरलाई रोगहरू विरुद्ध लड्न सक्षम गर्छ| यसले हाम्रो रक्तचाप पनि नियन्त्रणमा राख्न मद्दत गर्छ ।

हृदयघातबाट बचाउँछ
फाटेको दुधले हामीलाई हृदय सम्बन्धी समस्याहरूबाट जोगाउँछ। फाटेको दुधको पानी सेवन गर्नाले हृदयघातको जोखिम कम हुन्छ, किनकि फाटेको दुधले शरीरको कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ। कोलेस्ट्रोलको समस्या भएको मानिसको लागि फाटेको दुधको पानी फाइदाजनक हुन्छ।

आटा गुध्न मद्दतगार
रोटी र पूरी बनाउँन आटा गुध्न फाटेको दुधको पानी प्रयोग गर्न सकिन्छ। यसले तपाईंको शरीरलाई प्रोटिन पनि प्रदान गर्दछ। साथै रोटी र पूरी नरम र स्वादिष्ट हुन्छ।

मुलायम कपाल
फाटेको दुधको पानीले कपाल मुलायम हुन्छ। श्याम्पूले कपाल धोइसकेपछि, फाटेको दुधको पानी कपालमा लगाउनुहोस् र केहि समयको लागि राख्नुहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस्। यसले कपाल नरम र मुलायम बनाउँछ।

सफा छालाको लागि प्रयोग गरिन्छ
फाटेको दुधको पानीले अनुहार पनि धुन सकिन्छ। यसले अनुहारको छाला नरम बनाउँदछ | फेस प्याक बनाउन फाटेको दुध प्रयोग गर्न सकिन्छ। फाटेको दुधको पानीमा बेसार, चनाको पिठो र चन्दनको पाउडर मिलाएर पेस्ट बनाउनुहोस् | उक्त पेस्ट अनुहारमा लगाउँनाले चाउरीपना हटाउँन मद्दत गर्छ ।

