केएसमी अस्पतालमा कोरोनाका कारण एक जनाको मृत्यु !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ। काठमाडौंको सिनामंगलस्थित केएसमी अस्पतालमा उपचाररत एक संक्रमितको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ५४ वर्षीय पुरुष रहेका छन्। उनी मिर्गौला, खुट्टा क्यान्सर तथा थाइराइडका समेत बिरामी रहेका थिए। अस्पताल भर्ना हुँदै उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

असार २१ गते भर्ना भएकोमा उनको उपचारकै क्रममा ज्यान गएको र मृत्यु पछि कोरोनाको पुष्टि भएको अस्पतालको भनाई छ। ज्यान गुमाउनेको ठेगेना काठमाडौँ बताइएपनि उनी कुन ठाउँका थिए भन्ने खुलिसकेको छैन।

प्रकाशित : शनिबार, असार २७, २०७७०६:२६

अझै तीन दिन पानी पर्ने !