पाटनमा कोरोना संक्रमितको मृत्यु !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ। ललितपुरस्थित पाटन अस्पतालमा उपचारत एक कोरोना संक्रमितको शुक्रबार ज्यान गएको हो।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक पुरुष रहेका छन्। मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा उनको ज्यान गएको पाटन स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णुप्रसाद शर्माले जनाएका छन्।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। यस अगाडी केएसमी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको ज्यान गएको थियो।

प्रकाशित : शनिबार, असार २७, २०७७०९:१९

हत्या आरोपमा श्रीमान् र नन्द मिलेर विभत्स हत्या !