काठमाडौँ – ‘महानायक’ प्रकरण पश्चात अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला माथि सामाजिक संजालमा भएको आलोचना तथा गालि-गलौजलाई लिएर नायिका प्रियंका कार्कीले लगातार तनाव दिन नहुने बताएकी छन्।
हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई लिएर दिएको अभिव्यक्तिका कारण दीपाश्रीको अहिले आलोचना भैरहेको छ। एक अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेकी थिइन्। यस विषयलाई लिएर उनले माफी पनि मागीसकिन्। तर, पनि उनको आलोचना रोकिएको छैन।
यसरी माफी माग्दा पनि आलोचना नरोकिएपछि नायिका कार्कीले गलत बोलि अथवा अभिव्यक्तिकै कारण एक व्यक्तिको चरित्रमा दाग लगाइदिन नहुने बताएकी हुन्। सामाजिक संजाल फेसबुक मार्फत उनले दीपाश्री निरौलाको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएकी हुन्।
“तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ।”,आफूहरु बारे टिप्पणी गर्न पाउने अधिकार दर्शकहरुसंग रहेको भन्दै उनले लेखेकी छन्। तर, यसो भन्दैमा अश्लिल गालि भने नगर्न उनको आग्रह छ।
“हाम्रो आफन्त, आफ्नै छोरा-छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ र? गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र?”,फेसबुकमा उनले लेखेकी छन्।