प्रचण्डले भने – ‘मैले हतार गरेको भए ठूलो दुर्घटना हुन्थ्यो’

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई दुर्घटनाबाट जोगाउन अन्तिम समयसम्म पहल गर्ने बताएका छन्।

शनिवार चितवन पुगेका प्रचण्डले माडीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले देश वा पार्टीलाई दुर्घटनाबाट जोगाउन अन्तिम समयसम्म पहल गर्ने बताएका हुन्। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा धैर्य गर्नमा आफ्नो जोड रहने उनले स्पष्ट पारे।

“हतारमा केही कुरा गरेर भोलि फुर्सदमा पछुताउनु पर्ने अवस्था नआओस् भन्नेमा हामी सतर्क छौँ। मैले देश दुर्घटनामा जाने वा पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यपूर्वक पहल गर्ने विश्वास दिलाउँछु।”,उनले भने।

देशलाई राजनीतिक स्थायित्व दिने, कम्युनिस्ट पार्टी नेतृत्वमा विकास र समृद्धिको नयाँ यात्रा तयार तय गर्न पार्टी एकता गरिएको भन्दै उनले पार्टीलाई कम्जोर पारेर जनमतलाई धोका नदिने बताए।

“शलाई राजनीतिक स्थायित्व दिने, कम्युनिस्ट पार्टी नेतृत्वमा विकास र समृद्धिको नयाँ यात्रा तयार गर्ने, समाजवादको आधार स्थापित गर्ने लक्ष्यका साथ पार्टी एकता गरेका हौँ। एकता प्रक्रिया अगाडि लाने प्रतिवद्धता संकल्पनसहित साझ उम्मेदवार र साझा घोषणापत्रसहित चुनाव लड्यौँ। पार्टी एकता गरिछाड्छौँ भनेर तपाईंहरुका अगाडि उभिएर बोलेका थियौँ। त्यसैको कारण जनताले विश्वास गरेर दुई तिहाइको बहुमतसहित सरकार र विकासको नेतृत्व गर्ने अवसर दिए। देशलाई कही कसैले कुनै बहानामा कमजोर पार्नु हुँदैन भन्नेमा दृढ छौँ।”,उनले भने।

प्रचण्डले आफूले हतार गरेको भए पार्टी फुटिसकेको हुने पनि संकेत गरे। आफूले निर्णय गर्न हतार गर्दा देश वा पार्टी दुर्घटनामा पर्न सक्ने भएकाले हतार नगरेको बताए।

“म पार्टीको एउटा अध्यक्ष। मैले देश दुर्घटनामा जाने या पार्टी दुर्घटनामा जाने कुनै गतिविधि हुन नदिनको निम्ति अन्तिम समयसम्म धैर्यतापूर्वक पहल गर्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु। मैले हतार गर्न खोजेको भए दुर्घटना वा अर्को के हुन्थ्यो म भन्न सक्दिनँ।”,उनले भने।

प्रकाशित : शनिबार, असार २७, २०७७१३:५५

म्याग्दीको पहिरो: मृतकको सङ्ख्या २० पुग्यो !