‘महानायक’ प्रकरण बारे माग्ने बुढाले पहिलो पटक मुख खोले ! यसो भने…

काठमाडौँ – हाँस्य कलाकार केदार प्रसाद घिमिरेले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जिब्रो चिप्लेको बताएका छन्। ‘महानायक’ प्रकरणमा पहिलो पटक आफ्नो धारणा राख्दै उनले दीपाश्रीको मनमा पाप नभएको र उनको जिब्रो चिप्लेको बताएका हुन्।

हाँस्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई लिएर दिएको अभिव्यक्तिका कारण दीपाश्रीको अहिले आलोचना भैरहेको छ। एक अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेकी थिइन्। यस विषयलाई लिएर उनले माफी पनि मागीसकिन्। तर, पनि उनको आलोचना रोकिएको छैन।

यस विषयमा घिमिरेको पहिलो पटक धारणा आएको छ। दीपाश्रीले माफी मागिसकेको उल्लेख गर्दै उनले गल्तीको सजायँको सीमा हुनुपर्ने बताएका छन्। छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिन नहुने उनको भनाई छ।

“हो दीपा दिदीको गल्ती थियो, माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तीको सजायँ कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?”,घिमिरेले फेसबुकमा लेखेका छन्। हरेक मानिसमा गुण र बैगुण हुने भन्दै घिमिरेले सच्चिने मौका दिनुपर्नेमा दिएका छन्।

“दिपा दिदीको पेटमा पाप छैन। तर, जिब्रो चिप्लेको चाहिँ पक्कै हो। अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। उहाँ मनको दयालु हुनुहुन्छ, बर्षेनी १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरी दिनुहुन्छ,कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् । गल्ति मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।”,घिमिरेले फेसबुकमा लेखेका छन्।

प्रकाशित : आइतबार, असार २८, २०७७०६:३७

अमेरिकी राष्ट्रपति ट्रम्प मास्क सहित पहिलो पटक सार्वजनिक !