बुधले गर्यो चाल परिवर्तन, अब यी राशिलाई फाइदा !

बुध गृहलाई ज्योतिषमा एउटा महत्त्वपूर्ण ग्रह मानिन्छ। यो ग्रह बौद्धिक र बोलीसँग सम्बन्धित छ । यसका साथै यो विश्वास गरिन्छ कि यो स्नायु प्रणालीसँग पनि सम्बन्धित छ। यदि बुध कुण्डलीमा राम्रो छ भने बुद्धिले साथ दिन्छ र मानिस आफ्नो बुद्धिको कारण ठूलो सफलता हासिल गर्न सफल हुन्छ, तर यदि कुण्डलीमा कसैको बुध खराब छ भने उसको बौद्धिकता भ्रमित हुन्छ। बुद्धि स्थिर रहदैन, जसले गर्दा सबै काममा अवरोध पुर्याउँछ । बुध ग्रह जुलाई १२ को दिन दिउसोबाट  मिथुन राशिमा मर्गी भएको छ। अक्टोबर १४, २०२०  बिहान ६ बजेर ३४ सम्म बुध मिथुन राशिमा रहनेछ।

आफ्नो घरमा कुनै पनि ग्रह शक्तिशाली हुन्छ। समय अनुसार बुध भाग्य भावमा रहनेछ, यो सूर्यसँग भाग्यमा रहनेछ, त्यसैले यसले सबै राशिहरूलाई असर गर्नेछ।

मेष राशि 

यसले मेष राशिको मानिसहरुलाई पनि राम्रो प्रतिफल दिन्छ। ज्योतिषाचार्यका अनुसार मिथुन राशिमा  बुध ग्रहको मर्गी हुनु राम्रो हो। अर्थसँग सम्बन्धित निर्णयहरू लिन समस्या हुँदैन। तर मेष राशिका व्यक्तिका लागि यो समय अलि खर्चिलो समय हुनेछ,  आयको साथ साथै खर्चको कारण मन चिन्तित रहनेछ । काममा सफलता मिल्ने योग रहेको छ। मिहिनेत अनुसार सफलता मिल्ने सम्भावना छ।

वृष राशि 

वृष राशि भएका व्यक्तिहरुको लागि पनि बुधको मर्गी शुभ रहनेछ किनकि यस राशिका स्वामी शुक्र आफ्नो घरमा हुनेछ र बुध पनि आफ्नो घरमा भाग्यमा रहनेछ। कर्यक्षेत्रमा सफलता मिल्नेछ।  धन लाभको योग रहेको छ ।  व्यापार व्यवसायमा  पनि लाभ मिल्नेछ।

मिथुन राशि 

मिथुन राशिको लागि पनि बुधको मर्गी राम्रो हुनेछ| यस समयमा बुध भाग्यमा हुनेछ,साथै सूर्यको साथ रहनेछ| सूर्य र बुधले एक धेरै राम्रो योग बन्नेछ। यो समयमा मिथुन राशि हुने व्यक्तिलाई  पैसाको मामलामा निकै फाइदा हुनेछ। कुनै पनि कार्यमा भाग्यको साथ मिल्नेछ । कुनै पनि कार्यमा सफल हुन सक्ने सम्भावना रहेको छ।

कर्कट राशि 

कर्कट राशिका जातकको लागि पनि बुधको मर्गी हुनु निकै राम्रो हुनेछ| ज्योतिषाचार्यको अनुसार यस समयमा कर्कट राशिको स्वामी चन्द्रमा मंगलमा हुनेछ, जसले लक्ष्मी नारायण योग सिर्जना गर्नेछ। जसले गर्दा  पैसा सम्बन्धित कामलाई गति दिनेछ।  धन प्राप्ति हुनेछ। काममा सफलता प्राप्त हुने सम्भावना रहेको छ।

सिंह राशि 

सिंह राशिका व्यक्तिहरुको लागि पनि बुध ग्रहको मर्गी अत्यन्तै शुभ हुनेछ किनभने यस समयमा सूर्य लाभको स्वामी भएर भाग्यमा हुनेछ। कुनै पनि कार्यमा भाग्यको साथ मिल्नेछ। कार्यहरूमा सफलता एक शुभ सूचक बन्छ। भविष्यको लागि योजना बनाउँनका लागि समय  धेरै नै राम्रो रहनेछ। सहकर्मीहरूसँगको सम्बन्ध सुधार हुनेछ। नयाँ व्यापार व्यवसाय सुरु गर्न पनि शुभ समय रहेको छ ।

कन्या राशि 

कन्या राशिको लागि पनि बुधको मर्गी शुभ हुनेछ । कन्या राशिको स्वामी बुध हो| यो समयामा यस राशीका मानिसहरुलाई  धनको लाभ मिल्नेछ। कार्य क्षेत्रमापनि लाभ मिल्ने प्रबल सम्भावना छ। धन सम्पत्ति सम्बन्धि क्षेत्रमा पनि निकै शुभ हुने देखिन्छ|  यस समयमा धन वृद्धि हुनेछ।

तुला राशि 

ज्योतिषीका अनुसार यो समय तुला राशिको जातिको लागि धेरै नै राम्रो हुनेछ किनकि यस समयमा यो राशिको स्वामी आफ्नो घरमा हुनेछ। भाग्य भावमा रहेको बुधले भाग्यलाई सुदृढ पार्दछ। भविष्यको लागि योजना बनाउँन निकै उत्तम समय रहेको छ | त्यस्तै, तुला राशि भएका व्यक्तिहरुको करियरमा पनि भाग्यले साथ दिनेछ |

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसहरुका लागि बुधको मर्गी हुनु राम्रो हुन्छ किनकि यस राशिको स्वामी चन्द्रमा मंगलको साथ लक्ष्मी नारायण योग बनाउँदैछ। जसले यो राशिका जताकको वित्तीय पक्षमा राम्रो प्रभाव पार्छ। धन लाभ हुने सम्भावना रहेको छ।  कर्यक्षेत्रमा सफलता मिल्ने योग रहेको छ।

धनु राशि 

धनु राशिका व्यक्तिहरूको लागि बुधको मर्गीले मिश्रीत नतीजा दिनेछ। यस राशिको स्वामी बृहस्पति पराक्रम भावमा रहेनछ, जसले गर्दा यो राशि हुने व्यक्तिमा सामर्थ्य वृद्धि हुनेछ। मनमा स्थिरता नरहन सक्छ। काममा पन कुनै स्थिरता  हुँदैन। तर  धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन। गम्भीरतापूर्वक र इमान्दारीपूर्वक काम गर्यो भने लाभ मिल्नेछ।

मकर राशि 

मकर राशिका जातिको लागि बुधको मर्गी हुनु धेरै शुभ हुनेछ। यस समयमा, राशिको स्वामी शनि  त्रिकोणको स्वामी भएर खुशी भावमा हुनेछ, जसले गर्दा सम्पत्ति, गाडी, पैसा जस्ता खुशीसँग सम्बन्धित चीजहरूको फाइदाको योग हुनेछ।  रोकिएको काम यस समयमा सजिलैसँग पूर्ण हुनेछ। धन तथा पैसा लाभ हुने योग रहेको छ। परिवारिक स्थिति सामान्य रहनेछ।

कुम्भ राशि 

कुम्भ राशिका व्यक्तिहरूका लागि बुधको मर्गीले मिश्रीत परिणाम दिनेछ। तर ज्योतिषीका अनुसार यसले स्वास्थ्यमा भने प्रतिकूल अवस्था सिर्जना गर्न सक्छ। त्यसकारण, यस समयमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ।  पैसाको लागि समय सामान्य हुनेछ।

मीन राशि 

मीन राशिको लागि बुधको मर्गी हुनु राम्रो भन्न सकिदैन । केहि समस्याहरू आउन सक्छन्, मानसिक अस्वस्थता को अनुभव हुनेछ साथै शारीरिक स्वास्थ्यको लागि पनि यो समय राम्रो छैन। यस समयमा कुनै पनि कार्य सफल गर्न कडा परिश्रम गर्नुपर्नेछ।

प्रकाशित : आइतबार, असार २८, २०७७१६:३४

सप्टेम्बर २०२० सम्म यी पाँच राशिमा रहनेछ शनिको प्रभाव, असर कम गर्न यसो गर्नुस् !