हजुरबुवा भए बाबुराम: भने – ‘बल्ल हजूरबा भैयो’ ! [तस्विर]

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हजुरबुवा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुत्रलाभ भएसँगै भट्टराई हजुरबुवा भएका हुन्।

हजुरबुवा भएपछि खुशी व्यक्त गर्दै भट्टराईले सामाजिक संजालमा ‘बल्ल हजूरबा भैयो’ भनेर लेखेका छन्। नाती बोक्दै गरेको तस्विर समेत उनले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन्।

आफ्नो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको आगमन भएको उल्लेख गर्दै उनले शिशुको सुस्वास्थ्यको कामना समेत दिएका छन्। साथै उनले सफल शल्यक्रियाकालागि डा.गीता गुरुङ र उनको टिमलाई धन्यवाद समेत दिएका छन्।

भट्टराईले सामाजिक संजालमा यसो लेखेका छन् –

बल्ल हजूरबा भैयो! असार २८ गते विहान १०।०५ बजे टिचिंग अस्पतालमा छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई पुत्रलाभ भएको छ! डा.गीता गुरुङ र टिमलाई सफल अपरेसनकालागि धन्यवाद! अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना!मानुषी-जेकेन्द्रलाई वधाइ!

प्रकाशित : आइतबार, असार २८, २०७७०७:५६

दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएपछि…