जान्नुहोस्, कुन राशिका व्यक्ति कुन राशि हुनेहरुसँग रहने सावधान !

हामी सबैले कुनै न कुनै समयमा यस्तो अनुभव गरेका छौँ जब  हामीलाई आफ्नै सम्झेका मानिसले धोका दिन्छन् ।  ज्योतिषशास्त्रमा बताइएको छ कि कुन राशिका व्यक्तिलाई कुन राशिका व्यक्तिले धोका दिन सक्छ |

मेष राशि 

मेष राशि भएका मानिसलाई पैसा तथा सम्पति सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ|

कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरू मिथुन, कन्या र वृष राशिका जातकसँग पैसा र सम्पत्तिको लेनदेनमा सतर्क रहनु पर्छ।

उपाय: ज्योतिषशास्त्रका अनुसार हरेक दिन गणेश जीलाई दुवो अर्पण गर्नाले लाभ मिल्नेछ|

वृष राशि 

यस राशि भएका मानिसलाई दिल सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ|

कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरू मेष, धनु र मीन राशिका जातकसँग सतर्क रहनु पर्छ।

उपाय: बिहान स्नान गरेपछि सूर्यदेवलाई तामाको भाडोले जल अर्पण गर्नाले लाभ मिल्नेछ |

मिथुन राशि 

यस राशिका मानिसलाई पैतृक सम्पति र वाहन सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ |

कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरु मेष, वृश्चिक र सिंह राशिका जातकसँग सावधान रहन आवश्यक छ |

उपाय: हनुमान जीको पूजा र रातो फूल अर्पण गर्दा लाभ मिल्नेछ|

कर्कट राशि 

यस राशिका मानिसलाई आफ्नो कार्यक्षेत्र सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ |

कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरु मिथुन, कन्या र कुम्भ राशिका जातकसँग सतर्क रहनु पर्छ |

उपाय: शिवलिंगमा जल अर्पण गरि ओम नम: शिवाय मन्त्र जप गर्नाले लाभ मिल्नेछ |

सिंह राशि 

यस राशिका मानिसलाई प्रेम सम्बन्ध तथा सन्तानबाट धोका मिल्ने सम्भावना हुन्छ |

कोसँग सावधान रहनुपर्छ त: वृष, तुला र मकर राशिको मानिससँग प्रेम सम्बन्ध बनाउँदा  सतर्क हुनुहोस्।

उपाय: सूर्यदेवलाई दैनिक तामाको भाडोले पानी अर्पण गर्नाले लाभ मिल्नेछ।

कन्या राशि 

यस राशिका व्यक्तिहरूले पैसाको मामलामा धोखा पाउने  सम्भावना हुन्छ।

कोसँग सावधान रहनुपर्छ त:  मेष, वृश्चिक र धनु राशिका व्यक्तिहरूसँग सावधान रहनु पर्छ।

उपाय: दैनिक हनुमान चालीसा पाठ गर्दा लाभ हुन्छ |

तुला राशि 

यस राशिका व्यक्तिहरुले  प्रेम र सम्पतिको मामलामा धोका पाउने सम्भावना हुन्छ।

कोसँग सावधान रहनुपर्छ त: वृश्चिक, धनु र मीन राशिका मानिससँग सावधान हुनुपर्छ।

उपाय:  हरेक दिन श्री कृष्णको पूजा गर्नाले लाभ मिल्नेछ।

वृश्चिक राशि 

यस राशिका व्यक्तिहरुलाई नोकारी सम्बन्धि कार्यहरू र व्यापारको बारेमा गोप्य जानकारी साझा गर्न सावधान रहन जरूरी हुन्छ।

कोसँग सावधान रहनुपर्छ त: मिथुन, तुला र कन्या राशिका मानिससँग  सतर्क रहनु पर्छ।

उपाय: हरेक दिन सोर्यदेवलाई पानी अर्पण गर्नाले लाभ मिल्नेछ।

धनु राशि 

धनु राशिका मानिसलाई पैतृक सम्पति  र कार्य क्षेत्रमा धोखा पाउने  सम्भावना हुन्छ।

कोसँग सावधान रहनुपर्छ त: वृष, कन्या र मकर राशिका  व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्न सतर्क हुनुपर्छ।

उपाय:  शिवलिंगमा अर्पण गर्दा लाभ मिल्नेछ।

मकर राशि 

यस राशिका व्यक्तिहरूप्रति प्राय: भावनात्मक कुरामा धोका हुन्छ।

कोसँग सावधान रहनुपर्छ त: कर्कट, सिंह र वृश्चिक राशिका व्यक्तिहरूसँग सतर्क हुन आवश्यक छ।

उपाय:  शुक्लपक्षमा चन्द्रमालाई अर्घ दिनु लाभदायक हुन्छ।

कुम्भ राशि 

यस राशिका मानिस  धन सम्बन्धित मामिलामा धोकामा पर्न सक्ने सम्भावना हुन्छ।

कोसँग सावधान रहनुपर्छ त: मेष, धनु र मीन राशिका मानिसहरुसँग व्यवहार गर्दा  सावधान रहनु पर्छ।

उपाय:  प्रत्येक शनिबार पिपलको पूजा गर्नाले लाभ मिल्नेछ।

मीन राशि 

यस राशिका व्यक्तिहरू प्रेमका मामलाहरूमा धोकामा पर्ने सम्भावना हुन्छ।

कोसँग सावधान रहनुपर्छ त: वृष, तुला र कुम्भ राशिका व्यक्तिहरूसँग  सावधान रहनु पर्छ।

उपाय: बिरूवाहरूमा हरेक दिन पानी हाल्नुहोस्, लाभ मिल्नेछ  ।

प्रकाशित : आइतबार, असार २८, २०७७१६:३०

बुधले गर्यो चाल परिवर्तन, अब यी राशिलाई फाइदा !