सांसदबाट हटाइएपछि गिरीले दिइन् सर्वोच्चमा रिट !

काठमाडौँ – सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिएकी छन्। समाजवादी पार्टीले आफूलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी हटाई सांसद पदबाट पनि हटाएपछि गिरीले सर्वोच्च अदालतमा रिट दिएकी हुन्।

पार्टीले अन्यायपूर्वक हटाएको भन्दै उनले पार्टीको निर्णय विरुद्ध गिरीले रिट दायर गरेको बताइएको छ। सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार पार्टीले अन्यायपूर्वक हटाएकोले बदर गरिपाउँ भन्ने गिरीको रिटमाथि बुधबारलाई पेशी तोकिसकिएको छ। पार्टी एकताको प्रक्रियामा रहेका बेलामा एउटा समाजवादी पार्टीले मात्रै निर्णय गर्नु आफैंमा अवैधानिक रहेको उनको तर्क छ।

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै समाजवादी पार्टीको असार २३ गतेको पदाधिकारी बैठकले सांसद गिरिलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिससहित पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

प्रकाशित : आइतबार, असार २८, २०७७१२:३७

‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना देखियो, समुदायमा कोरोना फैलिएको आशंका !