बच्चालाई माटोमा खेल्न नरोकौं, माटोमा खेल्दा मिल्छन् यस्ता फाइदा !

काठमाडौँ, आजभोली हरेक बाबू आमाले आफ्नो छोराछोरीलाई धुलो माटो बाट टाढा राख्ने गर्छन् । सुकिलो मुकीलो सफा हु भन्ने चाहनाले उनीहरुलाई माटो खेल्न दिँदैनन् । जबकी आफ्नो बाल बच्चालाई खेल्ने वातावरण आफ्नै घर भित्र मिलाइएको हुन्छ । एउटा बच्चालाई शारिरक मानसिक रुपमा सहि रुपले विकास हुनको लागि स्वतन्त्र वातावरणको आवश्यकता पर्ने गर्छ । खुल्ला वातावरणमा हुर्केका बच्चा र शहरको कुनै कोठामा खेलेर हुर्केको बच्चामा कयौँ गुण फरक पर्छ । स्वतन्त्र भएर हुर्केका बच्चाहरु निकै स्वस्थ र चलाख हुनेगर्छन् ।आफ्नो बच्चालाई फेहोरी अस्वस्थ्य हुन्छन् भन्ने डरले हरेक अभिभावकले आफ्नो बच्चालाई माटोमा खेल्न रोक लगाउँछन् त्यसकारण उनीहरु अस्वस्थ हुन्छन् । माटामो खेल्ने बच्चाको रोगसँग लड्न सक्ने प्रतिस्पर्धात्मक क्षमताको विकास भएको हुन्छ । त्यस्ता बच्चामा रचनात्मक क्षमता समेत वृद्धि हुन्छ ।

१.स्वास्थ्य मैत्री ब्याक्टेरिया :  माटोमा खेल्दा विभिन्न संक्रमण हुन्छ भन्ने डरले बालबच्चालाई माटोमा खेल्न दिँदैनौँ । माटोामा संक्रमण फैलाउने हैन् स्वास्थ्य बनाउने ब्याक्टेरियाहरु पनि हुने गर्छन् । स्वास्थ्यको दृष्टिले माटोमा खेल्ने बच्चा स्वस्थ हुन्छन् ।

२. रचनात्मक शक्ति  : बच्चामा रचनात्मक क्षमता बढाउनेको लागि माटोमा खेल्न दिनुपर्छ । जसले गर्दा बच्चाको शरिर मजबुत हुनुको साथै उनीहरुमा छुट्टै किसिमको शक्ति पनि हुन्छ ।

३.रोग प्रतिरोधी क्षमता बढ्छ :  बच्चालाई खुल्ला स्थानमा खेल्न दिनाले उनीहरुमा रोगसँग लड्न सक्ने क्षमता पैदा हुन्छ । जसको कारण अन्य बच्चको तुलनामा प्रदुषित वातावरणको कारण उत्पन्न हुने एलर्जी जस्त समस्या बाट बच्न सकिन्छ ।

४.भविष्यमा रोगबाट बचाउँछ : बच्चा बेलामा ब्याक्टेरिया रहित वातावरणमा हुर्केका बच्चामा उच्च रक्तचाप र त्यससँग सम्बन्धित रोगहरु लाग्न सक्ने ब्रिस्टोल विश्वविद्यालयका शोधकर्ता सुजेन वाङले बताएका छन् । त्यसकारण बच्चालाई माटामो खेल्न बाट बञ्चित गराउनु हुँदैन् ।

५.बच्चा स्मार्ट बन्छन् :  माटोमा पाइने ब्याक्टेरियाले बच्चको दिमागलाई तेज प्रदान गर्दछ । त्यसकारण बच्चालाई मोबाइल पिएसपि जस्ता चिजहरु दिएर मस्तिष्क खराब गर्नु भन्दा माटोमा खेल्न दिनु उपयुक्त हुुन्छ ।

६.तनाव कम गर्छ :  माटोमा खेल्न पाउँदा बच्चाहरुमा एक प्रकारको आनन्द प्राप्त हुन्छ । माटामो पाइने सुक्ष्म किटाणु र माटोको बास्नाले बच्चाको मुड फ्रेस बनाउँने काम गर्छ । माटामो साथीहरुसँग खेल्नाले बच्चाहरुमा तनाव स्तारलाई कम गर्छ ।

७.प्रकृतिको हेरचाह :  प्राय जसो बाबु आमाले छोराछोरीलाई माटोमा खेल्न बञ्चित गर्छन् । जसले गर्दा बच्चालाई प्रकृति हाम्रो लागि कति अनमोल छ भन्ने कुरा समेत थाहा पाएका हुँदैनन् ।

८.माटो एक कला :  यदि तपाई आफ्नो बच्चा माटोमा भाँडाकुँडा, घर मूर्ति, फुल चरा जस्ता चिजहरु बनाएर खेलेको देख्दा दुखी हुनुहुँदैन् । जबकी त्यतिबेला उनीहरु रचनात्मक कार्य गरिरहेका हुन्छन् ।

९.स्वस्थ छाला : माटोमा खेल्ने बच्चाको स्वास्थ्य चम्किलो हुन्छ । माटोले छालाको रोमछिद्र खुल्ने हुँदा रक्त सञ्चार बढ्छ । त्यसकारण बच्चालाई माटोमा उनीहरुको छालाको लागि चिन्तित हुनु हुँदैन् ।

प्रकाशित : आइतबार, असार २८, २०७७१४:३५

कागती र सोडाको चमत्कार – बोसो पगालेर सजिलै स्लिम