ताली बजाउनुका अनेक फाइदा: यी स्वास्थ्य समस्याबाट मिल्छ छुट्कारा !

काठमाडौँ, कुनै मानिसले राम्रो काम गर्दा अनि धेरै मानिसहरुको मासमा बसेर सबैको चित्त बुझ्ने कुरा गर्दा तालीले स्वातगत गर्न गरिन्छ । दुई हात लाई बलले जोड्दा निस्कने आवाज नै ताली हो । ताली राम्रो कामको लागि बजाइने गरिन्छ ।

तालीले कसैको प्रत्साहनमा खुसीले बजाइन्छ । स्वागतको लागि पनि ताली बजाइने गरिन्छ । तपाई धेरैलाई थाहा नहोला तालीले स्वास्थ्यको लागि फाइदाजनक रहेको छ । तालीले रोेगहरु निको पार्न पनि मद्दत गर्छ । आज हामी तपाईहरुलाई ताली बजाउँदा निको हुने रोगहरुको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१.पाचन समस्या  : ताली बजाउँदा पाचन पक्रियामा भएको समस्यालाई निको पार्ने गर्छ । ताली पनचन समस्या भएका व्यक्तिको लागि अचुक औषधी भएको कारण ताली बजाउँदा विविध तरिका अपनाउनुपर्ने हुन्छ । ताली बजाउँदा दाहिने हातका चार औँलालाई बढी जोड पर्नुपर्नेछ । बिहान उठ्ने बित्तिकै कम्तिमा पन १५ मिनेट जति अभ्यास गर्नु पर्ने छ । यसको लागि जति बढी समया हुन्छ त्यति धेरै अभ्यास गर्यो भने चाँडो निको हुने गर्छ ।

२.ढाड,घाँटी तथा जोर्नीहरु दुखेमा : दैनिक जसो १५ देखि २० मिनेट सम्म औँलाको अभ्यास गर्ने गरेमा यस्तो समस्या बाट टाढा रहन सकिन्छ । यसको लागि औँलाले औलालाई जोडले प्रेसर दिनु पर्ने हुन्छ ।

३.गोेलीगाँठाको समस्या : गोलीगाँठा दुख्ने समस्या पनि तालीले निको पार्ने गर्छ । गोलीगाँठा सम्बन्धी रोग प्राय वृद्ध अवस्थाका मानिसहरुमा हुने गर्छ । दैनिक १५ मिनेट जति यस्तो अभ्यास गर्नुभएमा यस्तो समस्या निको हुनेछ ।

४. न्यून रक्तचाप : यदि तपाईलाई न्यून रक्तचापको समस्या छ भने प्रत्येक दिन हावामा सिधा भएर उभिनुहोस् र हात माथि उठाएर ताली बजाउने गर्नुहोस् यसो गरेमा यस्तो समस्या बाट टाढा रहन सकिन्छ ।

५.मुटु र फोक्सोको समस्या : मुटु र फोक्सोको समस्या पनि तालीले निको हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोधहरुलाई हटाइ स्वस्थ राख्न मद्दत गर्छ ।

६.बच्चाहरुको लागि उपयुक्त अभ्यास : साना बच्चाहरुको लागि ताली निकै फाइदाजनक रहेको वैज्ञानिकहरुले नै प्रमाणित गरेका छन् । यसो गर्नाले बच्चाहरुको हस्तलेखन क्षमता बढाउनुको साथै ज्ञानमा वृद्धि गर्छ । दिमागको विकास गराउनुको साथै बच्चाहरुलाई मेहनेती बनाउँन मद्दत पुग्छ ।

७.रोग प्रतिरोधी क्षमतामा वृद्धि :  जुनसुकै रोगसँग लड्न सक्ने क्षमताको विकास गर्नुको साथै मानिसमा रोग प्रतिरोधी क्षमताको विकास गर्छ ।

प्रकाशित : आइतबार, असार २८, २०७७१६:५३

मात्रै १ चम्चा नुनको प्रयोगले दिन्छ आश्चर्यचकित पार्ने यस्तो नतिजा !