भानुभक्त आज बाँचेका भए…

-नवराज सञ्जेल, ललितपुर 

भानुभक्त आज बाँचेका भए…

साँच्चै भानुभक्त जिवित भएका भए
कुन संगठनका हुन्थे होलान्
कुन पार्टीमा लाग्थे होलान्
चुनावमा टिकट पाउँथे कि नाँइ
प्रत्यक्ष वा समानुपातिक
या राष्ट्रिय सभामा मनोनीत
न चुँदी रम्घाका स्थानीय प्रमुख हुन्थे कि
तनहुँ क्षेत्र कस्को हुन्थ्यो होला
रोष्ट्रममा बोल्दै हुन्थे कि
नेपाली भाषा आयोगका अध्यक्ष हुन्थे कि
प्रज्ञाका प्राज्ञ
नेपाली भाषा वाणीमा कस्ले प्राण भर्थ्यो होला
कान्तीपूरीको वर्णन कस्तो गर्थे होलान् ?
रामगीताको आदर्श कस्तो हुन्थ्यो होला
अँ साँच्ची
यिनका मोतीराम को हुन्थे होलान् ?
यहाँ त एकले अर्काको पहिचान मेटाइदिन्छ्न
भानुभक्त त मोतीराम जलपले चम्किए
आज आफनाले आफनैलाई अलपविलापमा पार्छन्
सीता भित्रका नेपाली नारीको व्यथा जस्तैविद्या ,सुशीला ,ओन्सरीका कथा कस्तो बन्थे होलान् ।
नेपाल रङ नेपाली वान्की नेपाली पारा
कसरी चित्रण हुन्थ्यो होलान् ?
भाषा ,संस्कृतिको आत्मिक एकीकरण
सडक ,संसद ,सरकारमा कसरी हुन्थ्यो होला?
कर्तव्यपरायण रामको संकट टर्थ्यो होला त
प्रश्नोतरी यही छ आज।
भानुभक्त जिवित भएका भए
घर घरमा कस्ता बधूशिक्षा पाएका हुन्थे होलान्
कुवाबाट नै पानी निकाल्थे होला होला कि
कुनै नयाँ मेलम्ची खोज्थे होलान् ।
श्री कृष्णहरुको सिकाइ हस्तान्तरण कस्तो हुन्थ्यो होला
धनन्जय धनी हुन्थे वा गरीब
अन्त्यमा कस्को झण्डा ओड्थे होलान्
हानथाप कती हुन्थ्यो होला
घाँसीहरु मलामी आँउथे कि
मृत्यु भएको पत्तै हुन्थेन
शालीकलाई म प्रश्न गर्दै छु
जवाफ नआएपनी उ सुन्दैछ
मलाई शालीक पत्थर लाग्दैन
आदिकवी नै जस्तो लाग्छ
न कि आजका
मासु,हड्डी ,नसा,रगतमा
मात्र सास फेर्नेहरु ।

 

प्रकाशित : सोमबार, असार २९, २०७७०२:३७

‘१५ दिने कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन’