पारसलाई किन एक्कासी अस्पताल भर्ना गरियो ? यस्तो रहेछ कारण…

काठमाडौँ – पूर्व युवराज पारस शाह एक रात अस्पताल बसेर डिस्चार्ज भएको थाहाहुन आएको छ। उनी थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भई एक रात उपचार पछि डिस्चार्ज भएका हुन्।

बताइएअनुसार, स्वास्थ्यमा समस्या देखिएपछि उनी शुक्रबार नर्भिक पुगेका थिए। एक रात उपचार पश्चात उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको थियो।

अस्पतालका अनुसार पारसलाई फुड प्वाइजन भएको थियो। स्वास्थ्य जाँचका क्रममा पारसलाई फुड प्वाइजन भएको थाहाहुन आएपछि एक रात अस्पतालमै राखेर डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि शाह पोखरामा थिए। लकडाउनको अधिकांश समय उनले पोखरामै बिताएका थिए। लकडाउन खुकुलो भएपश्चात उनी काठमाडौँ फर्किएका हुन्।

केहि दिन अगाडी मात्रै उनी अनशनमा बसेका युवालाई भेट्न मण्डिखाटारस्थित ह्याम्स अस्पताल पुगेका थिए।

प्रकाशित : सोमबार, असार २९, २०७७०३:४६

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव, चामल प्रतिकेजी रु २५०