डब्ल्यूएचओ प्रमुखको अवतारमा मनोज गजुरेल, हेर्नुहोस् भिडियो !

काठमाडौँ – चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल विभिन्न रुपमा देखिन्छन्। गजुरेल कहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प त कहिले नेकपा सांसद गोकुल बाँस्कोटाको रुपमा देखि।

हरेक वर्ष गाइजात्रामा विभिन्न अवतारमा आफूलाई उतार्ने उनी यसवर्षको गाइजात्रामा भने फरक रुपमा देखिने भएका छन्। यस वर्ष उनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको रुपमा देखिने भएका छन्।

गजुरेलले आफूलाई गेब्रेयेससको भूमिकामा ढाल्न लागेको बारे युट्युब मार्फत जानकारी गराएका छन्। उनले युट्युबमा गेब्रेयेससको भूमिका निभाएको टिजरसमेत सार्वजनिक गरेका छन्।

सार्वजनिक टिजरमा उनी गेब्रेयेससकै लवजमा बोल्दै गरेको देखिएका छन्। विश्व स्वास्थ्य संगठनको नियमित पत्रकार सम्मेलन जस्तै देखिने सेटमा उनी विभिन्न जानकारीहरु दिरहेका देखिन्छन्।

प्रकाशित : सोमबार, असार २९, २०७७१३:०५

‘तराई डुबाउने गरी भारतले बनाएको सडक र बाँध भत्काइयोस्’