‘तराई डुबाउने गरी भारतले बनाएको सडक र बाँध भत्काइयोस्’

काठमाडौँ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले भारतले बनाएका बाँध र सडक तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

सोमबार बसेको बैठकले भारतले बनाएका बाँध र सडकका कारण तराईका क्षेत्रहरु डुबानमा परेको भन्दै सरकारलाई ती बाँध र सडक तत्काल हटाउन निर्देशन दिएको हो।

बैठकमा समितिका सदस्य सांसदहरुले भारतले पुर्व देखि पश्चिम सम्म बाँध तथा सडक निर्माण गरेका कारण नेपालका भूभाग डुबानमा परेको बताए। नेपालको सीमामा भारतले सडक निर्माण गरेका कारण वर्षाको पानी निकास हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए। समितिले नेपाली सीमामा भारतले निर्माण गरेको सडक तथा बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ।

बैठकका क्रममा गृहमन्त्री रामबहादुर थापाले सीमामा भारतको हस्तक्षेपका कारण नेपालको तराई क्षेत्रको भूमि डुबानमा परेको जानकारी गराए। सीमासँग जोडेर सडक निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको समितिलाई जानकारी गराए। भारतले नेपालबाट जाने नदी रोकेर भारतले पटक पटक भएका सन्धि र सम्झौताको उल्लंघन गरेको आरोप लगाए।

भारतले सडक तथा बाँध हटाउने बताएपनि त्यस्तो नगरेको गृहमन्त्रीको भनाई छ।

प्रकाशित : सोमबार, असार २९, २०७७१३:२२

झलनाथ भन्छन् – ‘ओलीको कारण नेकपा ध्वस्त हुन्छ, जरैबाट उखेलिन्छ’