मृगौला बारे केही सत्य-तथ्यहरु :
१. एक वयस्क व्यक्तिको मृगौलाको वजन करिब १४२ ग्राम हुन्छ। यो मानव मुट्ठी बराबर हुन्छ।
२. अहिले सम्मको तथ्यांक अनुसार सबैभन्दा ठूलो पत्थरी १.१ किलोग्रामको पाईएको छ।
३. यदि बच्चा एउटा मृगौलाको साथ मात्र जन्मियो भने उसको दोस्रो मृगौलाको आकार पहिलोको जत्रो नै हुन्छ।
४. दायाँ मृगौला कलेजोको ठीक तल हुन्छ, जसलाई मानवको सबैभन्दा ठुलो आन्तरिक अंग मानिन्छ। बायाँ तर्फको मृगौला दायाँको तुलनामा सानो हुन्छ।
५. मृगौलामा करिब १.१५ मिलियन कोशिकाहरु हुन्छन। यसलाई Nephrons भनिन्छ। यसलाई जोडेर यदि धाँगो बनाउने हो भने ८ किलोमिटर लामो हुन्छ।
६. मृगौलाले एक दिनमा लगभग ४०० पटक रगतको सफा गर्ने काम गर्छ।
७. मानव शरीरमा रक्तचाप कम भयो भने मृगौलाको रक्त धमनीहरु खुम्चन थाल्छ।
८. कुनै व्यक्तिको मृगौला ७५ प्रतिशत स्वस्थ छ भने उक्त व्यक्तिले स्वस्थ जीवन आरामले जिउन सक्छ।
९. मृगौलाले हरेक मिनेट १.३ लिटर रगत सफा गर्ने काम गर्छ।
१०. पत्थरीको मुख्य कारण पर्याप्त पानी नपिउनु हो।
११. मुटुबाट कूल रगतको २५ प्रतिशत रगत मृगौलामा जान्छ।
१२. मृगौला प्रत्यारोपणको समयमा मृगौलालाई पेल्भिस(Pelvis)मा राखिन्छ। पुरानो मृगौलालाई हटाउन कुनै जरुरत हुदैन। एजेन्सी