‘भारत स्थित नेपाली दूतावास अगाडि नेपालीले नै भारतको समर्थनमा गरे प्रदर्शन’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै पर्ने भन्दै दिएको अभिव्यक्ति प्रति भारतमा चर्को विरोध भएको छ।

नेपालमै पनि ओलीको त्यस किसिमको अभिव्यक्ति प्रति विभिन्न राजीनितिक दलका नेताहरुले आलोचना गरेका छन्। नेपाल-भारत बीचको सम्बन्धलाई ओलीले थप बिगार्न खोजिरहेको आरोप लागेको छ।

ओलीले श्रीरामको जन्मभूमी बारे वास्तविकता लुकाइएको बताएपछि भारतीय मिडियाहरु ओलीको विरोधमा उत्रिएका छन्। ओलीको अभिव्यक्तिलाई नेपालीहरुले नै भारतमा विरोध गरेको भारतीय संचार माध्यमहरुको दावी छ।

नेपालमा प्रतिवन्ध गरिएको आजतकको अनलाइन संस्करणले भारतमा ओली विरुद्ध नेपालीहरुले प्रदर्शन गरेको भन्दै समाचार सम्प्रेषण गरेको छ। भारतीयहरूसँगै भारतमा रहेका नेपालीहरूले समेत ओलीको कुराको विरोध गर्दै दिल्लीमा रहेको नेपाली दूतावास अगाडि प्रदर्शन गरेको ‘आजतक’को दावी छ।

“नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई नेपालमा रहेको दावी गरेका छन्। उनले उत्तर प्रदेशमा अयोध्यालाई नक्कली अयोध्याको रूपमा वर्णन गरे र भगवान श्री रामलाई नेपाली नागरिक भने। नेपाली प्रधानमन्त्रीको यो भनाइ पछि नेपाली जनताले हिजो साँझ दिल्लीमा नेपाल दूतावास बाहिर प्रदर्शन गरे।”,समाचारमा भनिएको छ।

प्रदर्शनमा सहभागी भएकाहरुले भारत सधैँ मित्र रहेको र चीन सधै नेपालको शत्रु रहेको बताएको भन्दै ‘आजतक’ले दावी गरेको छ।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७१०:१५

वामदेवले भने – ‘राम जन्मभूमि बारे दिएको मन्तव्य फिर्ता लिनुस्, माफी माग्नुस्’