भोलि असार ३१ गते कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको यस दिन शुभ रहनेछ| नयाँ कार्य सुरु गर्न पनि समय शुभ रहेको छ| धन लाभको योग रहेको छ| मानसिक र शारीरिक स्वास्थ्यमा समस्या आउने सम्भावना रहेको छ| परिवार, प्रियजन तथा साथीहरूका साथ स्नेही समारोहमा उपस्थित हुने अवसर मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मानसिक र शारीरिक अस्वस्थताको अनुभव हुनेछ| पारिवारिक सम्बन्ध बिग्रिनाले मन दु:खी रहनेछ| परिश्रम गरे अनुसार फल प्राप्त नहुँदा आर्थिक पक्षमा पनि असर गर्नेछ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईंको यस दिन फलदायी रहेनछ| उच्च पदाधिकारीसँगको सम्बन्धमा सुधार आउनुको साथै पदोन्नतीको योग रहेको छ| आर्थिक लाभ प्राप्त हुनेछ| व्यापार तथा धन वृद्धि हुनेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको यस दिन शुभ रहनेछ| परिवारमा सुख-शान्तिको वातावरण स्थापना हुनेछ| पदोन्नतीको योग रहेको छ| शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ| धन तथा मान-प्रतिष्ठा वृद्धि हुनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| आफ्नो क्रोधमा संयम राख्नुहोला| कार्यक्षेत्रमा सफलता प्राप्त गर्न कडा परिश्रम गर्नु पर्नेछ| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ| उग्र स्वभावको कारण मानसिक स्वास्थ्यमा प्रभाव पर्न सक्छ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अनैतिक कार्यबाट टाडै रहनुहोला| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| खान-पानमा खास ध्यान दिनुहोला| खर्च बढ्नाले आर्थिक पक्ष कमजोर रहनेछ| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको यस दिन अनुकूल रहनेछ| सामाजिक कार्यले यात्राको योग बन्नेछ| आकस्मिक धनलाभ हुने सम्भावना रहेको छ| सामाजिक मान-सम्मान बढ्नेछ| व्यापार तथा आर्थिक वृद्धि हुने योग छ|

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको यस दिन सुखमय रूपले बित्नेछ| परिवारको साथ आनन्दमाय समय बिताउने अवसर मिल्नेछ| शारीरिक र मानसिक प्रफुल्लताको अनुभव हुनेछ| धन लाभको योग रहेको छ| अपूर्ण काम पूर्ण हुनेछ|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईंको यस दिन प्रतिकूलतापूर्वक बित्नेछ| काममा सफलता प्राप्त नहुँदा मन चिन्तित हुनेछ| स्वास्थ्यमा समस्या आउन सक्छ, खासगरी पेट सम्बन्धि समस्या| साहित्य तथा सृजनात्मक कार्यमा रुची बढ्नेछ|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक स्फूर्तिको अभाव रहनेछ| पारिवारिक विवादको कारण मन विचलित रहनेछ| स्वास्थ्यमा समस्या देखा पर्न सक्छ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक र मानसिक प्रफुल्लताको अनुभव हुनेछ| पारिवारिक वातावरण आनन्दमय रहनेछ| भाई-बहिनीसँगको सम्बन्धमा सुधार आउनेछ| मनमा शान्ति छाउनेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मनमा नकारात्मक सोच आउने छ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| खान-पानमा खास ध्यान दिनुहोला| शारीरिक स्वास्थ्य मध्यम रहनेछ| वाद-विवाद तथा झै-झगडाबाट टाडै रहनुहोला|

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७१३:०७

भोलि साउन महिनाको पहिलो दिन, कुन राशिलाई कति शुभ ? हेर्नुहोस् दैनिक राशिफल !