स्वास्थ्य मन्त्रालयले भन्यो- ‘सकेसम्म सार्वजनिक यातायातको प्रयोग नगर्नु’

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेकसम्म सार्वजनिक यातायातको प्रयोग नगर्न सुझाव्दिएको छ।

मंगलबार मन्त्रालयको नियमित प्रेम ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेका हुन्।

सार्वजनिक यातायात प्रयोग गर्दा हरेक यात्रुले कोरोना भाइरस संक्रमण सर्न सक्ने कुरालाई ध्यान दिनुपर्ने उनले बताए। सार्वजनिक यातायातमा यात्रा गर्नुपर्ने अवस्था आए हरेक यात्रुले संक्रमण हुन सक्ने हेक्का राख्नुपर्ने उनको भनाई छ।

यात्रा गर्दा भौतिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र हातको सरसफाइको लागि स्यानिटाइजरको प्रयोग गर्न पनि उनले सुझाव दिएका छन्।

आफूलाई कोभिड-१९ को संक्रमण भएको शंका लागेको अवस्थामा,लक्षण देखिएको अवस्थामा सार्वजनिक यातायातको प्रयोग नगरिदिन पनि उनको आग्रह छ।

सरकारले सार्वजनिक यातयात खुलाउने निर्णय गरेसँगै बजारमा चहलपहल शुरु भएको छ। यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सार्वजनिक यातायात नचलाएपनि विभिन्न यातायात कम्पनिका सवारी साधन भने संचालनमा आएका छन्।

कोरोना संक्रमित संख्या १७ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । मंगलबार १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेको जानकारी दिए । मंगलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७११:३४

बढ्यो सलहको मूल्य, अब एक किलो सलहको रु ५०० !