मंगल ग्रहका प्रिय हुन्छन् यी चार राशि, हुन्छन् अत्यन्त भाग्यशाली !

हरेक राशिको आफ्नो स्वामी ग्रह हुन्छ, जसले त्यस राशिको जातकमा प्रभाव पार्छ।  मंगल ग्रह भाग्यको कारक मानिन्छ| त्यसैले, मंगल ग्रहले केहि राशिमा सकारात्मक प्रभाव पार्छ, जसको कारण यी राशिका मानिसहरुलाई अत्यन्त भाग्यशाली मानिन्छ|

मेष राशि 

मंगल ग्रह यो राशिको स्वामी  हो| यो राशिका मानिसहरू धेरै उत्साहित र ऊर्जावान हुन्छन्। यहि उर्जाको मद्दतले  यी व्यक्तिहरू अत्यन्त कठिन कार्यहरू धेरै सहजताका साथ पूरा गर्न सफल हुन्छन्| कडा परिश्रम गरेर यिनीहरू आफ्नो उद्देश्य पूरा गर्न सफल हुन्छन्। सायद यसैले उनीहरूको स्वभाव थोरै जिद्दी हुन्छ। यी व्यक्तिहरू कडा मेहनतमा  विश्वास गर्छन्| यिनीहरू कुनै पनि कुरा असम्भव छ भनेर सोच्दैनन्। मंगलको प्रभावले कडा परिश्रमको साथ यिनीहरुलाई भाग्यले पनि सँधै साथ दिन्छ।

वृश्चिक राशि 

मंगल ग्रहको प्रभावका कारण भाग्य सधैँ यस राशिका व्यक्तिहरूको साथ हुन्छ। वृश्चिक राशिका मानिसहरू अन्य व्यक्तिहरू भन्दा बढि ऊर्जावान हुन्छन्| यी व्यक्ति आफ्ना साथीहरूको मामलामा पनि धेरै भाग्यशाली साबित हुन्छन्। यस राशिका व्यक्तिहरु आफ्नो गोप्य कुरा कसैलाई पनि बताउँदैनन्। मुश्किल परिस्थितिबाट बाहिर निस्कन होस् वा खुशी प्राप्त गर्नका लागि होस् यो राशिका व्यक्तिहरुले अधिक मिहेनत गर्नु पर्दैन।

मकर राशि 

मंगल ग्रहबाट प्रभावित यस राशिका व्यक्तिहरू आफ्ना भावना नियन्त्रण गर्न सक्छन्। यिनीहरुमा धैर्यता पनि हुन्छ| साथै यिनीहरू धेरै बौद्धिक र गम्भीर प्रवृत्तिका हुन्छन्। यस राशिका मानिसलाई केहि चिज प्राप्त गर्नमा ढिला त हुन्छ तर निश्चित रूपमा प्राप्त गर्छन्। यस्तो अवस्थामा, यिनीहरू धेरै भाग्यशाली हुन्छन्।

कुम्भ राशि 

मंगल ग्रहबाट प्रभावित यस राशिका व्यक्तिहरू परोपकारी स्वभावका हुन्छन्। यी मानिस सधै उदार भावनाका साथ अरुको बारेमा सोचेर काम गर्छन्, जसको कारण मंगल ग्रहको कृपा सधैं यिनीहरुमा रहिरहन्छ। यसै कारण, यी व्यक्ति धेरै भाग्यशाली हुन्छन्।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७१५:२९

धेरै नै ईर्ष्यालु हुन्छन् यी राशि हुनेहरु !