सामुन्द्रिकशास्त्रले व्यक्तिको प्रकृति र भविष्य उसको संरचनाको आधारमा निर्धारण गर्छ। यसले मानिसको दाँतको बनावट तथा दाँतको संख्याको आधारले उक्त व्यक्तिको भविष्यको बारेमा बताउँछ| तेडो-मेडो दाँत हुनु राम्रो मानिदैन| यस्तै, स्वस्थ रातो गिजाको साथ मिलेको दाँतले मानिसको सुन्दरता मात्र बढाउँदैन, यसको साथै ज्योतिष शास्त्रमा पनि राम्रो भाग्यको निशानी मानिन्छ| यस्ता व्यक्ति जीवनमा हरेक खुशी, सुख प्राप्त गर्न सफल हुन्छन्| त्यस्तै, दाँत बीच अन्तर हुनु अस्वस्थता र दुर्भाग्यशाली जीवनको तर्फा इशारा गर्छ| यस्तै दाँतको संख्याले पनि मानिसको भविष्य निधारण गर्ने मानिन्छ|
३२ दाँत- सत्यवादी
कमै मानिसको ३२ ओटा दाँत हुन्छ| जसको ३२ ओटा दाँत हुन्छ त्यो व्यक्तिको जीवनमा सत्यको निकै महत्व हुन्छ| यी व्यक्ति सत्यवादी हुन्छन्| यिनीहरु आफु पनि सधैँ सत्य बोल्छन् र अरुबाट पनि यहि आशा राख्छन्| यी व्यक्ति समाजमा एक प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित हुन सफल हुन्छन्|
३१ वा ३० दाँत- विलासी प्रवृति
यी मानिस सामान्य विचारका हुन्छन्| यी मानिसहरुमा आफ्नो जीवनमा सबै प्रकारको भौतिक सुख-सुविधा पाउने अत्याधिक इच्छा हुन्छ तर त्यसको लागि पर्याप्त मिहेनत भने गर्दैनन्| कतिपय समय यी इच्छा पूरा गर्नको लागि यी व्यक्ति लालची हुन्छन्| तर पनि यिनीहरु आफ्नो इच्छा अनुसारको जीवन जिउन असफल हुन्छन्|
२९ दाँत- दुखी जीवन
यी व्यक्तिहरुको जीवन चुनौतीपूर्ण हुन्छ| यिनीहरुको जीवनमा कुनै न कुनै कारण दुख रहिरहन्छ| यसै कारण धेरै पटक यिनीहरू डिप्रेशनको शिकार पनि हुन्छन् र दुखी जीवन बिताउँन बाध्य हुन्छन्।
२८ दाँत- भाग्यहीन
यी मानिस दुर्भागी हुन्छन्| इमान्दारीपूर्वक तथा कडा मिहेनत गर्दा गर्दै पनि परिस्थितिले यिनीहरुको साथ दिदैन| यिनीहरुलाई जीवनभर आर्थिक समस्याले सताउँछ|