लामो समय एउटै अन्डरवेयर लगाउनु खतरनाक : पर्न सक्छ जुम्रा, फैलिन सक्छ दुर्गन्ध !

काठमाडौं। लामो समय सम्म सफा नगरिएका अडरवेयर लगाईरहँदा छालाका रोग सहित विभिन्न समस्या देखिने गर्दछ । पसिना, मरेका कोष अनि बाहिरी फोहोर जम्मा भएपछि चिलाउँछ पनि । लामो समय सम्म अन्डरवेयर लगाउँदा हुने बेफाईदा यस्ता छन ।

दुर्गन्ध


विज्ञान भन्छ, अन्डरवेयरमा एक ग्रामको दशौं भाग ब्याक्टेरिया हुन्छन । गुप्ताङ्ग छोप्ने यी लुगामा यतिका ब्याक्टेरियाले छोटो समयमै दुर्गन्ध निकाल्न सुरु गर्छ ।

छालाको रोग


अन्डरवेयर फोहोर हुँदा पनि परिवर्तन नगर्दा छाला चिलाउन थाल्दछ । अत्याधिक छाला चिलाउँदा इन्फेक्सन भइ चर्याउने अनि थप समस्या निम्तिने गर्छ ।

यिस्ट इन्फेक्सन


यिस्ट र ब्याक्टेरिया ओसिलो वातावरणमा छिटो फैलिन्छ । फोहोर भइसकेको अन्डेवेयर वा नसुकेको अन्डरवेयरमा यिस्ट पैदा हुन्छ । अझ बिशेष गरि महिलाहरुले यस्तो अन्डरवेयर लगाउँदा गुप्ताङ्ग भित्र इन्फेक्सन हुने निकै खतरा रहन्छ ।

जुम्रा


गुप्ताङ्ग वरिपरिका रौं काट्नु स्वास्थ्यको दृष्टीले निकै स्वस्थकर मानिन्छ । दैनिक अन्डरवेयर परिवर्तन गर्नु अत्यावश्यक हुन्छ । गुप्ताङ्ग वरिपरि ओसिलो वातावरण हुन दिनु हुदैन । निकै फोहोर अन्डरवेयर र गुप्ताङ्गको सफाई नहुँदा जुम्रा पर्ने समस्या निम्तिन समेत सक्दछ ।

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७१४:४५

श्रीमतीलाई दैनिक एक कोसा केरा खुवाउनुका १० फाइदाहरु