काठमाडौं । महिलाहरु जस्तै पुरुषहरु पनि आफ्नो फेसनलाई लिएर निकै संवेदनशील देखिने थालेका छन आजभोली । पुरुषहरुका लागि फेसनमा आउने कतिपय लुगा स्वास्थ्यको लागी घातक हुन सक्छन् । तिनै फेसनको बारेमा यहाँ चर्चा गरेका छौं ।
– टाईट सर्ट लगाउदा छाती, गर्धनमा तथा ब्रेनसम्मा सहि तरिकाले रक्तसञ्चार हुन पाउदैन । जसले गर्दा आखा, गर्धन तथा ढाड दुख्ने समस्याले सताउँछ ।
– खुला चप्पलले खुट्टामा ब्याक्टेरिया, फंगस नामक भाईरसका कारण इंफेक्सनको खतरा बढदै जान्छ । यसले खुट्टालाई कम सपोर्ट गर्छ । साथै औलाको आकार विगार्दछ र खुट्टा दुख्ने समस्या हुन्छ । बाहिर हिड्दा पुरै खुट्टा ढाक्ने चप्पल वा जुत्ता लगाउनु उपयुक्त हुन्छ ।
– टाईट जिन्स लगाउनाले व्यक्तिको शरिरमा सहि तरिकाले रक्तसञ्चार हुन पाउदैन । जसका कारण खुट्टा सुन्निने, अन्य मांशपेशी निदाउने तथा इन्फेक्सनको खतरा बढ्दै जान्छ ।
– नधोएको अथवा फोहोर नाइट ड्रेस लगाएर सुत्नाले त्यसमा रहेका ब्याक्टेरियाले छाला तथा शरिरको संवेदनशिल अंगमा इन्फेक्सन हुन सक्छ ।
– जिन्समा प्रयोग गरिने बटनमा निकल नामक धातुको प्रयोग गरिएको हुन्छ । जसले कसैमा छाला चिलाउने तथा एलर्जी हुने हुनसक्दछ ।
– सिन्थेटिक तथा पोलीस्टरको कपडाले छालामा एलर्जी तथा इंफेक्सनको खतरा हुन्छ । यो कपडामा प्रयोग हुने अनावश्यक रङ विरामीको कारण बन्न सक्छ । त्यसैले सम्भव भए कटनको कपडा प्रयोग गर्नुस् ।
– पुरुषले प्राय फेशनेवल वाई फ्रन्ट अन्डरवेर प्रयोग गर्ने गर्दछन् । यो एकदमै टाईट हुने भएकोले संवेदनशिल अंगमा असर पर्न जान्छ । साथै टाइट अण्डरवेयरले स्पर्मको उत्पादनमा नराम्रो असर गर्छ ।
– टाई एकदम कसेर बाध्नाले स्वास्थ्यमा विभिन्न समस्या आउछन् । यसले आँखामा प्रेसर पर्ने हुँदा ग्लुकोमाको खतरा बढ्न जान्छ । जसले गर्दा आँखाको ज्योति नै गुम्ने हुन सक्छ । त्यसैले टाई जहिले खुकुलो गरि बाध्नुपर्छ ।

