सुन अहिले सम्मकै महँगो, बन्यो रेकर्ड ! कति पुग्यो ?[मूल्य सहित]

काठमाडौँ – बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार एकै दिन प्रतितोला ६ सय रुपैंयाले बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै महँगो मूल्य हो। यस अगाडी सुनको मूल्य सबै भन्दा धेरै ९२ हजार ४ सय रुपैयाँसम्म पुगेको थियो। त्यसयता घटबढ हुँदै बुधबार सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो।

यस्तै बुधबार तेजावी सुन ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपैंयामा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, असार ३१, २०७७०६:३६

साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थाले !