श्रावण महिनामा भगवान शिवको पूजालाई विशेष महत्व दिने गरिन्छ । यो महिनालाई शिवजीको प्रिय महिनाको रुपमा लिने गरिन्छ । यस महिनामा शिव भगवानको पूजालाई महत्व दिने गरिएकोले पूजाका लागि केही नियम बताइएको छ । पूजाको समयमा यी नियमहरु पालना गरेमा मात्र भगवान शिव खुशी हुने र आफूले मागेको वर पुरा हुने विश्वास रहेको छ । हिन्दु धर्म अनुसार हरेक देवताको पूजा गर्दा जप गर्नु पर्ने र जपका बेला अनिबार्य रुपमा मन्त्र पाठ गर्नु आवश्यक हुने बताइएको छ । यसबेला मन्त्र राम्रो सँग कुनै गल्ति नगरी पाठ गर्नुपर्छ । मन्त्र पाठ गर्दा कुनै गल्ति गरेमा पूजा अपुरो हुने कुरा शास्त्रमा बताइएको छ ।

पूजामा यी तलका नियमहरु पालना गर्नुपर्दछ :
१.मंत्र-साधना प्रति दृढ इच्छा शक्ति धारणा गर्नुपर्छ ।
२.वर्त बसेको समयमा दुध र फलफुल आदि खान सकिन्छ ।
३.साधनाको बेला भुइँमा बस्न आवश्यक हुन्छ ।
४.साधनाको बेला अनावश्यक बोल्ने ,मनमा नराम्रो सोच्ने गर्नुहुदैन ।
५.साधना गर्ने स्थान सकेसम्म शान्त क्षेत्रमा हुनुका साथै पारिवारिक व्यक्तिको आवत-जावत बाट अलि टाढा हुनुपर्छ ।
६.निरन्तर रुपमा मन्त्र जप्दै भगवानको स्मरण गर्न आवश्यक हुन्छ ।
७.जसको साधना गर्न लागेको हो उसप्रति निरन्तर आस्था राख्नु पर्दछ ।
यसरि साधना गर्दा दीक्षा स्थान,समय र जप संख्याको नीयम पालना गर्न अत्तिअवाश्यक रहेको छ । यदि यी नियम अनुसार साधना गर्न सकिएन भने यसको कुनै अर्थ रहदैन ।


