काठमाडौँ – सिरहामा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।
बुधबार माओवादी कालमा सहिद भएका सहिद रामजुलुम महासेठका दाजु राजदेव महासेठ सहित अन्य विभिन्न पार्टीबाट सयौं नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन्।
नव प्रवेशीहरुलाई सिरहा स्थित कर्जन्हा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागी, जनमत पार्टी सिरहा जिल्ला ईन्चार्ज विजय कुमार साह लगायतको उपस्थित रहेको थियो।
प्रवेश कार्यक्रम पश्चात कर्जन्हामा नागरिकता विधेयक विरूद्ध र्याली तथा कोण सभा समेत गरिएको जनमत पार्टीले जनाएको छ। र्यालीमा सहभागीहरुले नागरिकता विधेयक मधेश विरोधी रहेको भन्दै खारेजीको माग गरेका थिए।