काठमाडौँ – यातायात व्यवसायीहरुले वातावरण लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव सरकार समक्ष राखेका छन्।
बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा यातायात व्यवसायीहरुले वातावरण सहज बनेको अवस्थामा छोटो दुरीको मात्र नभई लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने बताएका हुन्।
सरकारले आफूहरुसँग छलफल नै नगरी एक-तर्फी रुपमा छोटा दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्न मानिरहेका छैनन्। यस विषय तथा यातायात सञ्चालन सम्बन्धि अन्य विषयहरुमा छलफल गर्न बोलाइएको बैठकमा व्यवसायीहरुले सरकारबाट आफ्ना मागहरु सम्बोधन भए लामो दुरीको सवारी सञ्चालन गर्न सकिने बताए।
उक्त बैठकमा कोरोनाको संक्रमणबाट यात्रुहरुले जोगाएर आवागमनलाई सहज बनाउने सम्बन्धमा छलफल भएको बताइएको छ। सवारी सञ्चालन गर्दा कोरोनाको जोखिम कसरी कम गर्ने भन्ने विषयमा छलफल भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
सरोकारवालाहरुको छलफल पश्चात सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको समेत वताइएको छ। सवारी सञ्चालन गर्दा कुन निकाएले के गर्ने भनेर ‘एक्सन प्लान’मा तोकिएको हमालको भनाई छ।
उक्त छलफलमा यातायात कार्यालयका प्रतिनिधि, यातायात व्यवसायी साथ-साथै उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधिको पनि सहभागी थियो। छलफलमा ट्रफिक प्रहरी प्रमुख, मजदुर ट्रेड युनियनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि समेत सहभागिता रहेका थिए ।