एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उमेरका हिसावले आफ्नो खेल करियरको अन्त्यतिर छन् । तर, ३५ वर्षे युभेन्टसका यि फरवार्डलाई उमेर बाधक बनेको छैन । लगातार गोल गर्दै युरोपियन बुटको दावेदारको रुपमा उभिएका छन् ।
उनी २०१६–१७ को सिजनपछि उत्कृष्ट लयमा छन् । उनले यो सिजन इटालियन सिरी ‘ए’ मा २८ गोल गरिसकेका छन् । उनले अघिल्लो तीन सिजन २६ गोलभन्दा बढी गोल गर्न सकेका थिएनन् । तर, यो सिजन उनी उत्कृष्ट लयमा छन् । उनले सिरी ‘ए’ को २८ खेलमा २८ गोल गरिसकेका छन् ।
रोनाल्डोले यसै सिजन नै लगातार ११ खेलमा गोल गर्दै फावियो क्वाग्लिएरेल्लाले २०१८–१९ को सिजनमा र ग्याब्रियल बाटिस्टुटाले १९९३–९४ मा राखेको कीर्तिमानलाई बराबरी गरेका थिए । कोरोनापछिको ६ खेलमा ७ गोल गर्दै उनी आफ्नो पुरानो लयमा फर्किएका छन् । उनले एटलान्टाविरुद्ध दुई गोल गर्दै युभेन्टसबाट एकै सिजन धेरै गोल गर्ने कीर्तिमानसमेत बनाइसकेका छन् ।
सिरी ‘ए’ मा रोनाल्डो लाजियोका सिरो इम्मोवाइलभन्दा एक गोलले मात्रै पछि छ । रोनाल्डोको २८ तथा इम्मोवाइलको २९ गोल रहेको छ । रोनाल्डो गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा रहेको छ ।
रोनाल्डोअघि जर्मन क्लब बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (३४) र लाजियोका सिरो इम्मोवाइल (२९) अघि रहेका छन् ।
स्पेनिस क्लब रियल म्याड्रिडका सदावहार फरवार्ड र सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोको युरोपियन गोल्डेन बुट जित्ने सम्भावना रहेको छ । सिरी ‘ए’ मा अझै ६ चरणको खेल बाँकी रहँदा उनले लेवान्डोस्कीको गोललाई भेट्टाउन सक्नेछ ।
२०१८ मा टुरिन क्लबमा जोडिएसँगै रोनाल्डोले दुई सिजनमा ८३ खेलमा ६० गोल गरिसकेका छन् । उनले अघिल्लो सिजन २८ तथा यो सिजन ३२ गोल गरिसकेका छन् । युभेन्टसमा अनुबन्ध भएसँगै उनले दुई सिजनमा ४९ गोल गरिसकेका छन् । सिरो इम्मोवाइल (४४), डुभान जापटा (३९) र क्वाग्लिएरेला (३५) गोल रहेका छन् ।
रोनाल्डोले पछिल्लो सिजन स्पेनिस ला लिगामा २०१६–१७ मा (२५) गोल, २०१७–१८ मा (२६) गोल र २०१८–१९ मा सिरी ‘ए’ मा (२१) गोल गरेका थिए ।