भोलि साउने सङ्क्रान्ति: सूर्यले राशि परिवर्तन गर्दा यी राशिलाई लाभ !

काठमाडौँ – सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर बिहिबार साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताए।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् ।

सूर्यले कर्कट राशिमा प्रवेश गरेपछि कुन राशिलाई कस्तो ? हेर्नुहोस् 

मेष राशि 

सूर्यको गोचर यो राशिको चौंथो भावमा हुनेछ। मेष राशि भएका व्यक्तिको समाजमा मान-सम्मान बढ्नेछ। पूर्वज सम्पत्ति वृद्धि हुने सम्भावना छ। सरकारी क्षेत्रबाट पनि राम्रो फाइदा लिन सकिने अवस्था छ। काममा राम्रो वृद्धि र पदोन्नती प्राप्त हुने योग छ । यद्यपि, आमाको स्वास्थ्यमा समस्या आउन सक्छ।

वृष राशि 

सूर्यको गोचर तेस्रो भावमा रहने छ |जसको कारण गरेको प्रयासले राम्रो सफलता दिनेछ। जोश, जाँगर र उत्साह बढ्नेछ। निर्भय भएर  काम गर्नुपर्नेछ। केहि नयाँ व्यक्तिहरूसँग भेट गर्ने मौका मिल्न सक्छ , जसले व्यवसायलाई नयाँ दिशा र सफलता  दिन सहयोग पुर्‍याउँछ।

मिथुन राशि 

सूर्यको गोचर यो राशिको धन भावमा हुनेछ | त्यसकारण, आर्थिक लाभ हुने सम्भावना रहेको छ | यस समय धन वृद्धि हुने देखिन्छ | कहिँ फसेको धन छ भने पनि प्राप्त हुने योग रहेको छ | तर यो समयमा बोलीमा भने कठोरता आउनेछ |

कर्कट राशि 

सूर्यको गोचरले यो राशिका व्यक्तिहरुमा नेतृत्व क्षमता बढाउने छ | कर्यक्षेत्रमा आफु भन्दा माथिल्लो स्तरका मानिस प्रभावित हुनेछन् | पदोन्नती हुने सम्भावना रहेको छ | यस्तोमा,आफ्नो स्वभावमा क्रोध र आक्रमकता देखा पर्नेछ | जसको कारण दाम्पत्य जीवनमा पनि असर पर्न सक्छ |

सिंह राशि 

सूर्यको गोचर यो राशिको बाह्रौँ  भावमा रहेर मिश्रित परिणाम दिनेछ। यस समयमा यो व्यय भावमा प्रवेश गर्नेछ । यात्राको योग रहेको छ। त्यस्तै खर्च बढ्नेछ | आफ्ना शत्रुहरूमाथि विजय प्राप्त हुनेछ । रोजगार स्थानान्तरणको पनि योग रहेको छ।

कन्या राशि 

कन्या राशिको लागि, प्रवल सूर्यले धेरै शुभ परिणाम दिनेछ। यस समयमा यो लाभ भावमा प्रवेश गर्नेछ।  यस अवधिमा आयमा  वृद्धि हुनेछ। यो समयमा कुनै प्रकारको उपलब्धि हासिल गर्न सकिनेछ। यद्यपि आफुमा अभिमान बढ्न सक्छ। समाजमा मान  सम्मान बढ्नेछ।

तुला राशि 

तुला राशिको दशौं भावमा सूर्यको गोचर धेरै अनुकूल हुनेछ। विशेषगरी कर्यक्षेत्रमा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ। गोचरको समय सूर्यले कार्यक्षेत्रमा मान-सम्मान बढाउनेछ । कार्यक्षेत्रमा केहि समस्याहरू सामना गर्नु परेको छ भने पनि ती समस्याहरू हट्नेछन्।

वृश्चिक राशि

सूर्यको गोचर भाग्य भावमा रहनेछ। जसले गर्दा भाग्य प्रवल हुनेछ। सक्रिय रूपमा सामाजिक कार्यमा भाग लिने मौका मिल्नेछ।  मानसिक शक्ति बलियो हुनेछ। आफुले लिएका निर्णयहरू पनि सफल साबित हुनेछन्। रोजगार स्थानान्तरणको पनि योग रहेको छ।

धनु राशि 

सूर्यको गोचर आठौँ भावमा हुनेछ | यस समयमा सावधान रहन जरूरी देखिन्छ | स्वास्थमा समस्या आउन सक्ने भएकाले सतर्क रहन आवश्यक छ | धनको हानि हुन सक्ने हुँदा सावधान रहनुपर्छ | वर्तमान समयलाई लिएर मन बेचयन रहनेछ | मानिसिक तनाव बढ्न सक्छ |

मकर राशि 

यो समयमा मकर राशिका व्यक्तिहरुलाई अत्यन्त शुभ परिणाम मिल्ने छैन | यो समय सूर्य विवाह भावमा प्रवेश गर्नेछ, जसको कारण दाम्पत्य जीवनमा नकारात्मक असर पर्न सक्छ | जीवनसाथीसँग मनमुटाव हुन सक्ने सम्भावना छ | व्यापारको लागि भने समय अनुकूल रहनेछ |

कुम्भ राशि 

सूर्यको गोचर छैठौं भावमा हुनेछ | यो समयमा अत्यन्तै राम्रो परिणाम मिल्ने देखिन्छ | सरकारी क्षेत्रमा राम्रो परिणाम मिल्ने सम्भावना रहेको छ | आफ्नो शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ |

मीन राशि 

सूर्यको गोचर सन्तान भावमा हुनेछ। यस अवधिमा मिश्रित परिणामहरू प्राप्त हुनेछ।  प्रेम जीवनमा परिस्थितिहरू विपरित  देखिन्छ। यस समयमा, प्रेमीसँग केहि चीजको बारेमा बहस हुन सक्छ।  सन्तानलाई पनि कुनै प्रकारको पीडा हुन सक्छ।

प्रकाशित : बुधबार, असार ३१, २०७७१६:३२

दिल तोड्न माहिर हुन्छन् यी राशिका मानिसहरु !