वृश्चिक राशिको कुन राशिसँग हुन्छ राम्रो सम्बन्ध ? हेर्नुहोस् विस्तृतमा !

ज्योतिषशास्त्रमा बाह्र राशि चिन्ह र यिनीहरु  सम्बन्धित चाखलाग्दो तथ्यहरु छन्। ज्योतिषशास्त्रका अनुसार जब एक व्यक्तिको जन्म हुन्छ, उसको भविष्यको निधारण ऊ जन्मको समयमा अस्तित्वमा रहेका ग्रहका आधारमा गरिन्छ। उसको भविष्य सुखमय वा दु:खी हुनेछ,के-कस्तो उपलब्धि  हुनेछ र जीवनमा कस्ता कठिनाइ आउँछन्, यी कुरा ज्योतिषशास्त्रको सहयोगबाट पत्ता लगाउन सकिन्छ। त्यस्तै, एक व्यक्ति जन्मिए पछि जन्मेको समयलाई आधार मानेर एक राशि चिन्ह दिइन्छ। यस राशि चिन्हले उसको प्रकृति, चरित्र जस्ता गहिरा रहस्य बताउँछ।

बाह्र राशि मध्ये वृश्चिक राशि पनि एक हो| २४ अक्टोबर देखि २२ नोभेम्बर भित्र जन्म हुने व्यक्तिहरु वृश्चिक राशिका जातक हुन्छन्। वृश्चिक राशिका व्यक्तिहरू चलाख, चतुर, आकर्षक र केहि रहस्यमय शैलीका हुन्छन्। वृश्चिक राशिका व्यक्तिहरूको अर्को ठूलो विशेषता यो पनि हो कि यी व्यक्तिहरूले अरूको मनाशय छिटै बुझ्छन्, त्यसैले कसैले पनि यिनीहरूलाई छिटो धोका दिन सक्दैनन्। यस क्षमताको कारण, वृश्चिक राशिका मानिसहरु उनीहरुका धेरै कामहरुमा सफल हुन्छन्। यिनीहरुको खराब स्वभाव भनेको यिनीहरु अरुको इर्ष्या गर्ने स्वभावका हुन्छन्|

यिनीहरुको राम्रो र खराब स्वभावका कारण यस राशिका व्यक्तिहरुको केहि राशिका मानिससँग राम्रो र सफल जोडी बन्छ त केहि राशिका व्यक्तिसँग राम्रो जोडी बन्न सक्दैन | कुन राशिका मानिस हुन्छन त वृश्चिक राशिका मानिसको लागि उतम जोडीदार ?

मेष राशि 

पहिलो राशि मेष राशि हो, जुन राशिसँग यदि वृश्चिक राशिको जोडी बन्छ भने दुबै बीचको शारीरिक सम्बन्ध त राम्रो हुनेछ किनकि ती दुबै राशिका व्यक्ति भावनात्मक हुन्छन्, तर यो जोडी दिर्घायु सम्बन्धको लागि भने उत्तम हुँदैन।

वृष राशि 

वृश्चिक राशिको उत्तम जोडी वृष राशिको साथ गठन हुन्छ वा यसले दुबैमा दुश्मनीको वातावरण सिर्जना गर्छ। यो भाग्यको कुरा हो कि यो जोडी चल्छ कि चल्दैन।

मिथुन राशि 

मिथुन राशिको साथ वृश्चिक राशिको जोडीको सम्भावना खास छैन, किनभने एक जोडीमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको एक अर्काप्रति आकर्षण हो,जुन कुरा यी राशिका व्यक्तिमा एक अर्का प्रति हुँदैन।

कर्कट राशि

कर्कट राशि र वृश्चिक राशि बीचको जोडी निकै उत्तम हुन्छ। दुबै समझदार हुन्छन्, आफ्नो राम्रो र नराम्रो विचार सम्झन्छन् र दुबैले एक अर्काप्रति विश्वास गर्छन्।

सिंह राशि 

सिंह राशिका व्यक्ति निकै क्रोधित स्वभावका हुन्छन्, जसको कारण उनीहरूको सबै जसोसँग राम्रो सम्बन्ध हुँदैन, तर तिनीहरू वृश्चिक राशिका व्यक्ति प्रति शारीरिक रूपले आकर्षित हुन्छन्।

कन्या राशि

कन्या राशि र वृश्चिक राशि बीचको जोडीको सामान्य हुन्छ। यो जोडीलाई निकै उत्तम पनि मानिदैन तर नराम्रो पनि भन्न मिल्दैन|

तुला राशि 

अर्को जोडी हो तुला राशि र वृश्चिक बीचको| यदि यी दुई राशिका व्यक्ति प्रेम सम्बन्धमा छन् भने तिनीहरूले प्रेमको प्रत्येक सीमानाहरू पार गर्न सक्दछन्। यस जोडीको लागि प्रेममा शारीरिक सम्बन्ध राख्नु सामान्य कुरा हो, तर उनीहरूलाई यो प्रेमलाई विवाहको रूप दिन भने गाह्रो हुन्छ।

वृश्चिक र वृश्चिकको जोडी 

वृश्चिक र वृश्चिकको जोडी, जुन एउटै राशिबाट बनेको जोडी हो। राशि एक भएपछि बानी एक समान हुन्छ, क्रोध र झगडा उस्तै हुन्छ। त्यसैले यो जोडी राम्रो भयो भने सबैका लागि उदाहरण हुनेछ, तर यदि यो बिग्रियो भने, यिनीहरूलाई सहि तरीका र बाटो  देखाउन सकिदैन।

धनु राशि 

यदि धनु र वृश्चिक राशिका मानिसहरु मित्र छन् भने, यस मित्रतालाई उत्तम भनिन्छ, तर यदि प्रेमीहरु छन् भने, शारीरिक सम्बन्ध त राम्रो हुनेछ तर आपसी समझ को कमी हुनेछ।

मकर राशि 

मकर र वृश्चिकको मामलामा केहि पनि  खराब हुँदैन। यो जोडी दिर्घायु सम्बन्धको लागि उत्तम हुन्छ।

कुम्भ राशि 

वृश्चिक र कुम्भ राशिको जोडी कहिल्यै एकताबद्ध हुन सक्दैन। किनभने यस जोडीले कहिल्यै पनि सम्बन्धमा सुख तथा खुशी  प्राप्त गर्ने छैनन्।

मीन राशि

वृश्चिक र मीन राशिको जोडीलाई पूर्ण भन्न सकिन्छ, दुबैको हसिलो प्रकृति, खुशीयाली जीवन बिताउने इच्छाले यिनीहरूलाई एक राम्रो जोडीदार बनाउँछ।

 

प्रकाशित : बिहिबार, साउन ०१, २०७७१२:०४

शुक्र ग्रहका प्रिय हुन्छन् यी चार राशि !