काठमाडौँ – नमुना विकासको लागि सरकारले देशभरबाट १ सय विद्यालय छनोट गरेको छ। विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले १ सय विद्यालय छनोट गरेर सूची सार्वजनिक गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयहरु छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले जनाएको छ।
विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार विद्यालय क्षेत्र विकास योजनाअन्तर्गत सबै स्थानीय तहमा क्रमश: विद्यालय विकास गर्ने लक्ष्य राखिएको छ।


