सफलता प्राप्त गर्न सहि दिशामा प्रयास गर्नु आवश्यक हुन्छ| हामी सबैले यो जान्न जरूरी हुन्छ कि कुनै एक काम अलग-अलग परिस्थितिमा राम्रो र नराम्रो दुबै हुनसक्छ| त्यसैले, कुनै पनि कार्यमा सफलता प्राप्त गर्नु छ भने परिस्थिति अनुसार सहि समयमा प्रयास गर्नु निकै महत्वपूर्ण हुन्छ|
आचार्य चाणक्यले ६ यस्ता चीजहरूको उल्लेख गरेका छन् जसको पालना गर्नाले जीवनमा असफलताको सामना गर्नु पर्दैन। आचार्य चाणक्यको नीतिलाई सफलताको मन्त्र मानिन्छ।

“क: काल: कानि मित्राणि को देश: कौ व्ययागमौ। कस्याऽडं का च मे शक्तिरिति चिन्त्यं मुहुर्मुंहु:।।“ यस श्लोक अनुसार सफल व्यक्ति बन्नको लागि काल, कानी मित्र र देशको ख्याल राख्नु आवश्यक हुन्छ। यस बाहेक पनि ४ कुराहरु छन्। जान्नुहोस् तिनीहरू के हुन् त ?
समय
चाणक्यका अनुसार कुनै पनि व्यक्तिले समय अनुसार काम गर्नुपर्दछ। कुनै पनि व्यक्तिले समय अनुसार काम गर्दछ भने, उसले अवस्य पनि सफलता प्राप्त गर्छ। उनको अनुसार, यदि समय खराब चलिरहेको छ भने, सबै चिज तपाईंको विरुद्द हुन्छ, त्यस समयमा आफ्नो काम धैर्यतापूर्वक र विशेष ध्यान दिएर गर्नुपर्छ। यस्तै, राम्रो समय चलिरहेको बेला पनि कुनै लापरवाही नगरी काम गर्ने व्यक्ति जहिले पनि सफल हुन्छ|
कपटि मित्र
चाणक्यका अनुसार कपटि मित्र असफलताको मुख्य कारण हो| उनको अनुसार मानिसलाई आफ्नो कपटि र सच्चा मित्रको बारेमा राम्रोसँग थाहा हुन जरूरी हुन्छ, नत्र भने आवश्यक समयमा क्षति व्यहोर्नु पर्नेछ| एक सच्चा मित्रले कुनै पनि परिस्थितिमा सहयोग गर्छ तर कपटि मित्रले जरुरत परेको समयमा साथ छोड्छ| त्यसिले सफल हुनको लागि सच्चा मित्र हुनु पनि आवश्यक हुन्छ|
देशको जानकारी
चाणक्य नीति अनुसार कुनै पनि व्यक्तिले देश तथा स्थान अनुसार काम गर्नु पर्छ। यदि उसले यो गर्दैन भने, परिस्थितिहरू सँधै उसको विपरित हुनेछ र उक्त कार्यमा सफलता मिल्दैन। यस्ता व्यक्ति कहिल्यै सफल हुन सक्दैनन् किनकि यिनीहरु कहिल्यै आवश्यक कामहरूमा पूर्ण ध्यान दिन सक्षम हुँदैनन् र सहि प्रयास गर्न सक्षम हुँदैनन्।
आय व्ययको सन्तुलन
चाणक्यका अनुसार, जसले आफ्नो आय र खर्चमा सन्तुलन गर्न सक्दैन उसलाई आर्थिक समस्याले कहिले पनि छोड्दैन। तसर्थ, ऊ जहिले पनि गरिबीमा बाच्न बाध्य हुन्छ। यस कारणले गर्दा, यस्ता व्यक्ति आफ्ना कार्य पूरा गर्न असक्षम हुन्छन्।
अधीनता
अधीनता पनि यस्तो चीज हो जुन एक व्यक्तिले सधैं आफ्नो कार्यस्थलमा सफल हुनको लागि जान्नुपर्छ। अधीनता भनेको यहाँ दासत्व होइन, नियमको पालना गर्ने भन्न सकिन्छ। यसको मतलब यो हो कि कुनै पनि ठाउँमा सफलता प्राप्त गर्न, व्यक्तिले नियमहरूको पूर्ण पालना गर्नु पर्छ ।
आफ्नो सामर्थ्यको ज्ञान
आचार्य चाणक्यका अनुसार एक व्यक्तिलाई आफ्नो क्षमताको बारेमा जानकारी हुनुपर्छ| आफ्नो क्षमता अनुसार नै कुनै पनि व्यक्तिले कामको जिम्मेवारी लिनु पर्छ| आफ्नो सामर्थ्य भन्दा धेरै कार्यभार लिँदा मानिस अनेक समस्यामा फस्न सक्छ| त्यसैले, सफलता प्राप्त गर्न आफ्नो सामर्थ्यको ज्ञान हुन निकै जरूरी हुन्छ|

