कुन-कुन राशिलाई कुन ऋतु र मौसम शुभ ? हेर्नुहोस् !

प्रत्येक राशिका आफ्नै विशेष खुबि र कमिहरू हुन्छन्। यो पूर्णतया ग्रहहरूको स्थितिमा निर्भर हुन्छ किनकि ग्रहहरूको अवस्थाले व्यक्तिको प्रकृति, अवस्था र दिशा निर्धारण गर्छ। यसले व्यक्तिको जीवनशैली देखि लिएर स्वास्थ्यलाई पनि असर गर्छ। यो किनभने हरेक राशिमा नवग्रह मध्ये एक ग्रहको प्रभाव हुन्छ। यी ग्रहहरूको प्रकृति वर्षको विभिन्न महिनाहरुमा वा मौसममा भिन्न हुन्छ। त्यसैले हरेक राशिका व्यक्तिहरुले कुनै न कुनै महिना वा मौसममा अत्यन्त सावधान रहन जरूरी हुन्छ|

मेष राशि 

वसन्त ऋतु मेष राशिका व्यक्तिहरूको लागि धेरै राम्रो हुन्छ। यस मौसममा उनीहरुलाई सायद नै कुनै स्वास्थ्य समस्याहरू देखा पर्छन्। तर अन्य  महिनाहरूमा यस राशिका मानिसले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु पर्छ। सकेसम्म रातो कपडा लगाउँदा  धेरै हदसम्म बिरामी पर्नबाट बच्न सकिन्छ।

वृष राशि 

सूर्य यस राशिमा धेरै नै प्रभावकारी हुन्छ, त्यसैले ग्रीष्म ऋतुमा यस राशिका मूल निवासीहरूलाई स्वास्थ्य समस्या आउँदैन । बाँकी ऋतुहरूमा तपाईंले सेतो लुगा लगाउनु राम्रो हुन्छ।

मिथुन राशि 

बुध ग्रहको प्रभाव मिथुन राशिमा बढि हुन्छ। यस राशिका मानिस बौद्धिक हुन्छन् र ग्रीष्म ऋतु तपाईंको लागि उपयुक्त हुन्छ। बाँकी मौसममा हरियो लुगा लगाउदा तपाईंलाई बिरामी हुनबाट बचाउन सक्छ।

कर्कट राशि 

कर्कट राशिका व्यक्तिहरू वर्षा ऋतुमा रोगमुक्त रहन्छन्। यस समयमा उनीहरूको आत्मविश्वास पनि बढ्छ। बाँकी मौसममा  स्वास्थ्यको निकै ख्याल राख्नुपर्छ। सेतो लुगा लगाउदा बिरामी पर्नबाट बचाउन सक्छ।

सिंह राशि 

वर्षाको मौसम  यो राशिको स्वास्थ्यको लागि धेरै अनुकूल छ। जहाँ अधिकांश मानिसहरू यस मौसममा सूक्ष्मजीवहरूको प्रभावमा हुन्छन्, तपाईंको स्वास्थ्य प्रभावित हुँदैन। अन्य सबै मौसममा रातो लुगा लगाउदा तपाईंलाई  बिरामी पर्नबाट जोगाउन सक्छ।

कन्या राशि 

शरद ऋतु कन्या राशिको लागि स्वास्थ्यकारी मानिन्छ। यस मौसममा सूर्यको प्रभाव यस राशिमा अधिक हुन्छ र यो समयमा सूर्यको न्यानोपन तपाईंको लागि अमृत जस्तै हुन्छ। बाँकी मौसममा तपाईंको स्वास्थ्यको निकै ख्याल राख्नुहोस्। सकेसम्म हरियो लुगा लगाउनु राम्रो हुन्छ।

तुला राशि 

शरद ऋतु अर्थात जाडो मौसम तुला राशिका व्यक्तिहरूको स्वास्थ्यको लागि अनुकूल हुन्छ। यद्यपि सूर्यको प्रभाव यस राशिमा थोरै कम हुने भएकोले यस समयमा केहि स्वास्थ्य समस्याहरू पनि सामना गर्नुपर्ला, तर यस समयले तपाईंलाई अन्य सबै मौसमहरूको तुलनामा कम समस्या ल्याउँछ। बाँकी मौसममा सेतो लुगा लगाउनु राम्रो मानिन्छ।

वृश्चिक राशि 

वृश्चिक राशिको लागि वसन्त ऋतुले स्वास्थ्य लाभहरू मात्र ल्याउँदैन, तर आकस्मिक धन लाभ प्राप्ति हुनेछ। यो मौसम तपाईंको लागि धेरै शुभ हुन्छ। बाँकी मौसममा तपाईं बिरामी पर्ने सम्भावना धेरै हुन्छ, रातो कपडा लगाउँनु शुभ हुन्छ।

धनु राशि 

धनु रशिका व्यक्तिहरूका लागि वसन्त ऋतुले स्वास्थ्यको साथ सफलता पनि ल्याउँछ। उनीहरूको वैवाहिक सम्बन्ध पनि यस मौसममा सुखमय हुन्छ। त्यसैले उनीहरू मानसिक र शारीरिक रूपमा धेरै हदसम्म स्वस्थ रहन्छन्। अन्य मौसमले तपाईंलाई कुनै पनि समयमा बिरामी बनाउन सक्छ। पहेंलो वस्त्र लगाउनु राम्रो मानिन्छ।

मकर राशि 

मकर राशिका व्यक्तिहरूका लागि शरद ऋतुले राम्रो स्वास्थ्य, मानसिक आनन्द र आर्थिक फाइदाहरू ल्याउँछ। यस समयमा तपाईंको परिवार र प्रेम सम्बन्ध पनि राम्रो हुन्छ। बाँकी ऋतुहरूमा कालो लुगा लगाउँदा तपाईं धेरै हदसम्म बिरामी हुनबाट बच्नुहुनेछ।

कुम्भ राशि 

जाडो मौसमले कुम्भ राशिको लागि पदोन्नती र प्रतिष्ठाको साथ स्वास्थ्य लाभहरू पनि ल्याउँछ। तपाइँले धेरै नयाँ जिम्मेवारीहरू पाउनुहुन्छ। अरू मौसममा निलो लुगा लगाउनु शुभ हुन्छ।

मीन राशि 

वर्षा ऋतुको प्रभाव मीन राशिका मानिसहरूलाई अत्याधिक हुन्छ। यस समय उनीहरूको आकर्षण र धनमा वृद्धि हुन्छ। बाँकी मौसममा पहेँलो कपडा लगाउनु लाभकारी हुनेछ।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७०८:२८

यी सात गुणले तपाईलाई हरेक मुश्किलबाट दिलाउँछ छुटकारा !