बार्सिलोनालाई पीएसजीको उत्कृष्ट ‘अफर’ : नेयमारको सट्टामा यी खेलाडी माग्यो !

एजेन्सी – गत वर्ष देखि नेयमार बार्सिलोना फिर्ति हुने समाचार आइरहेको छ। नेयमारलाई फिर्ता ल्याउन बार्सिलोना पनि चाहेको र बार्सिलोना फर्किन नेयमार पनि तयार रहेको बताइन्छ। तर, पेरिस सेन्ट जर्मेन र बार्सिलोना बीच कुरा नमिल्दा नेयमारको बार्सिलोना फिर्ति सम्भव हुन सकिरहेको छैन।

कोरोना भाइरस संक्रमण पश्चात खेप्नुपरेको आर्थिक सङ्कटले बार्सिलोनालाई झनै अफ्ठेरोमा पारेको छ। आर्थिक सङ्कटका बाबजुत पनि बार्सिलोना नेयमारलाई फिर्ता ल्याउन आतुर छ।

नेयमारलाई कसरी फिर्ता ल्याउने भन्ने विषयमा क्लब भित्र लगातार छलफलहरु भइरहेको समाचार समेत आएका छन्। नेयमारसँग केहि खेलाडी साटफेर गर्ने पनि बार्सिलोनाको तयारी छ।

हालसालै सार्वजनिक एक समाचारका अनुसार,नेयमारलाई बार्सिलोना पठाउन पीएसजीले एक नयाँ प्रस्ताव अगाडी सारेको छ। एक खेलाडी र केहि रकम पाए नेयमारलाई बार्सिलोना पठाउने पीएसजीको प्रस्ताव छ।

बार्सिलोनाले एन्टोइन ग्रिजमानसँग नेयमार साटफेर गर्ने प्रस्ताव गरेपनि पीएसजीले अर्कै खेलाडीमा चासो देखाएको बताइन्छ। पीएसजीले ओस्मान डेमबेलेमा चासो देखाएको छ।

नेयमारलाई बार्सिलोना पठाउन पीएसजीले स्मान डेमबेले र ८० मिलियन ८० मिलियन यूरो माग गरेको एक स्पेनिस मिडियाले दावी गरेको छ। पीएसजीले गरेको यस्तो प्रस्ताव बार्सिलोनाले सहजै स्वीकार गर्ने अनुमान गरिएको छ।

२८ वर्षीय नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्य १९८ मिलियन पाउन्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । चार वर्ष बार्सिलोनामा रहँदा नेयमारले बार्सिलोनामा आठ उपाधि जितेका थिए ।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७०५:०९

एन्फाका पूर्व अध्यक्षको हाम्रो खेलकुदका सम्पादकमाथि अभ्रद व्यवहार, मञ्चद्वारा घोर भर्त्सना !