बुधबार रेकर्ड बनाएको सुनको मूल्य लगातार घट्यो ! [मूल्य सहित]

काठमाडौँ – शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। शुक्रबार सुनको मूल्य ५ सय रुपैंयाले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ। सुनको मूल्यले बुधबार रेकर्ड कायम गरेको थियो। त्यस दिन सुन ९२ हजार ८ सय रुपैयाँमा करिबार भएको थियो भने बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय थियो।

शुक्रबार तेजावी सुन ९१ हजार ७ सय ६० रुपैयाँकायम भएको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेका कारण मूल्य घटबढ भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कायम छ। बिहिबार चाँदीको मूल्य एक हजार ५ रुपैयाँ थियो।

प्रकाशित : शुक्रबार, साउन ०२, २०७७०५:५९

मुम्बइमामा भारी वर्षाका कारण भवन भत्किँदा सात जनाको मृत्यु